+
+

फिल्ड कमाण्डरको अनुगमन गर्न सशस्त्र प्रहरीले बनायो एप्स

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ ३० गते १५:३६

३० भदौ, काठमाडौं । सशस्त्र प्रहरीले फिल्ड कमाण्डर तथा ड्युटीमा रहेका कर्मचारीको ‘मुभमेन्ट’ लाई अनुगमन गर्न ‘मोवाइल एप्स’ संचालनमा ल्याएको छ ।

APF-Appसुरक्षा परिस्थितिलाई ध्यानमा राखेर यो एप सञ्चालनमा ल्याइएको सशस्त्र प्रहरी बलले जनाएको छ । अब फिल्डमा एपीएफ टोलीको तैनाथी लगायतका गतिविधिहरुको ‘रिपोर्ट’ लिनुको सट्टा केन्द्रमै बसेर ‘मोबाइल एप्स’ बाट अनुगमन गरिनेछ ।

इन्टरनेटको सुविधामा नरहेका एपीएफ टोली समेत यस प्रविधि मार्फत सशस्त्र प्रहरी बल प्रधान कार्यालयको निगरानीमा रहनेछन् ।

‘एपीएफ लोकेशन सेन्टर’ नाम दिइएको मोवाइल एप्स सशस्त्र प्रहरी बलको कम्प्युटर फिल्डका प्राविधिज्ञहरुले करीव दुई हप्ताको प्रयासमा निर्माण गरेका हुन् । सो एप्स बुधबारदेखि उपयोगमा ल्याइएको छ ।

यो एप सशस्त्र प्रहरी बल तथा बलमा आबद्ध राष्ट्रसेवकहरुले मात्रै उयपोग गर्न पाउनेछन् । सशस्त्र प्रहरी बलका प्राविधिज्ञहरुले उक्त सˆटवेयरलाई बलको प्रधान कार्यालयमा नेपालको नक्शामा ‘प्लटिङ’ गरेका छन् ।

यसैगरी उक्त नक्शामा एपीएफको तैनाथी रहेका सवै ठाउँहरुलाई समेत ‘प्लटिङ’ गरिएको छ । यसको अतिरिक्त सुरक्षा निकाय, अस्पताल, स्वास्थ्य चौकी, विद्यालय लगायत सरकारी तथा गैरसरकारी निकायहरुको विवरण, खोलानाला, जंगल, पुल, बाटोको अवस्था, एपीएफ इकाईबाट सदरमुकामको दुरी र बाटोको अवस्थाले त्यहाँ पुग्न लाग्ने समय लगायत सुरक्षा कामकारवाहीमा उपयोग हुने आवश्यक विवरण समेत सोही नक्शामा ‘प्लटिङ’ गरिएको छ ।

उनीहरुको मुभमेन्टलाई अनुगमन गर्न बलको प्रधान कार्यालयमा अनुगमन डेस्क समेत खडा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?