+
+
Shares

कोरियन राजदूत अटो मेलामा, साङयोङ गाडी अवलोकन

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज १ गते १७:१८

Sangyoung Auto Mela 2

१ असोज, काठमाडौं । दक्षिण कोरियाका राजदूत योङ जीन चोयले राजधानीको भृकुटीमण्डपमा जारी नाडा अटा शो अवलोकन गरेका छन् । उनले कोरियन गाडी ‘साङयोङ’को स्टल केही बेर अवलोकन गरे ।

‘साङयोङ’का विश्वप्रसिद्ध उत्पादनहरु कोराण्डो, एक्टन स्पोट्स र हालै बजारमा आएको टिभोली गाडीको बारेमा राजदुतले जानकारी लिएका थिए । राजदूतले ‘साङयोङ’ गाडीले कोरियामा ज्यादै ठूलो ख्याती पाएको बताउँदै विश्वका धेरै मुलुकहरुमा निर्यात गर्दै आएको बताए ।

Sangyoung Auto Mela

दक्षिण कोरियाको ‘साङयोङ’ मोटर कम्पनीले विश्वका ८२ मुलुकमा एसयुभी गाडीहरु बिक्री गर्दै आएको छ । ‘साङयोङ’को नेपाली बिक्रेता कन्स्ट्यान्ट विजनेज ग्रुपले अटो शोमा २ हजार सीसीको कोरान्डो, २ हजार सीसीकै डवल क्याव एक्टन स्पोट्र्स तथा १६ सय सीसीको टिभोली प्रद्धर्शनीमा राखेको छ ।

Sangyoung Auto Mela 3

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?