Comments Add Comment

विश्वभरका एनआरएनले दीपावली गरे

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को विश्वभरका राष्ट्रिय समन्वय समिति (एनसीसी)हरुले नयाँ संविधान जारी भएकोमा दीपावली गरेका छन् ।

एनआरएन अन्तर्राष्ट्रिय समन्वय समितिले औपचारिक रुपमा दीपावली नगरे पनि विश्वभरका एनसीसीहरुले आ-आफ्नै ढंगले दीपावली गरी नयाँ संविधानको स्वागत तथा नयाँ संविधान जारी भएको दिनलाई उत्सवका रुपमा मनाएका छन् ।

canadaविभिन्न मुलुकमा एआरएन राष्ट्रिय समन्वय परिषद तथा क्षेत्रीय समितिहरुले समेत दीपावली गरी खुशीयाली मनाएका खबरहरु प्राप्त भएका छन् ।

क्यानडाको राजधानी अटवामा नेपाली संघसंस्थाका प्रतिनिधिहरु र अटोवावासी नेपालीहरुले दीपावली गरे ।

क्यानडाका लागि नेपाली राजदूत कालीप्रसाद पोख्रेलले नेपालको संविधान बडो कठिन परिस्थितिलाई पार गर्दै विभिन्न अप्ठ्यारा असहज बाटाहरुलाई सूल्झाउँदै आउन सफल भएको भन्दै खसी ब्यक्त गरे ।

एनआरएनए क्यानडाका उपाध्यक्ष सुरेन उप्रेती, एनआसएन क्यानडाका सल्लाहकार डा कृष्णहरि गौतम लगायतले नयाँ संविधान जारी भएपछि मुलुकको संमृद्धिको बाटो खुलेको बताए । आपससमा बधाइ तथा शुभकामना आदानप्रदान गर्दै लड्डु तथा मिठाइहरु खाएर खुसी व्यक्त गरिएको थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment