+
+

मंगलबारका टप १० समाचारः नाकाबन्दीदेखि ब्याक अफ इण्डियासम्म

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज ५ गते २३:५५

आज मंगलबार दिनभर अनलाइनखबरमा सयौं समाचार अपटेड भए । त्यस मध्ये पाठकले सबैभन्दा धेरै रुचाएका टप १० समाचार तपाईले छुटाउनु भयो कि ?

१. नाकाबन्दी गर्दा भारतलाई हुने पाँच घाटा

कतिपय मानिसहरुले सोच्दछन् कि भारतले नेपालको सीमानामा नाकाबन्दी गर्‍यो भने यसबाट नेपाललाई समस्या पर्नेछ । तर, आर्थिक, राजनीतिक एवं भौगोलिक अवस्थितिलाई हेर्दा नेपाललाई नाकाबन्दी गर्ने नीतिले नेपाललाई भन्दा ठूलो घाटा भारतले व्यहोर्ने देखिन्छ ।

२. भारतले नाकाबन्दी लगायो भने विकल्प के छन् ?

नेपालको संविधानबाट असन्तुष्ट बनेको भारत नाकाबन्दीको तहमा झर्ला ? भारतीय विदेश मन्त्रालयको पछिल्लो विज्ञप्तिपछि नेपालमा सोमवार रातिदेखि नै आममान्छेमा यो प्रश्न उब्जिएको छ । तर, भारत बुझेका र विदेश मामिलामा दख्खल राख्ने विज्ञ तथा राजनीतिकर्मीहरु त्यो अवस्था नआउने बताउँछन् ।

३. भारतले सीमामा रोक्यो तेल बोकेका नेपाली ट्यांकर

संविधान निर्माण प्रक्रियालाई लिएर बेखुसी देखिएको भारतले सीमा नाका बन्द गर्ने संकेत देखाएको भोलिपल्ट पट्रोलियम पदार्थ बोकेका नेपाली ट्यांकरलाई रोकिएका छन् । रक्सौलबाट तेल भरेर भन्सार आइपुगेका तेल ट्यांकरहरुलाई भारतले मंगलबार नेपाल प्रवेश गर्न दिएन ।

४. ०४५ सालको नाकाबन्दीमा मधेसमा के–के भयो ?

धनगढीका लक्ष्मण दास ससुराली भारत लदनियाबाट नेपाल घर फर्किँदा थानेदारले तीन किलोजति खुर्सानी खोसी लिएछ । उनले जीवनभरि खुर्सानी नखाने र आर्थिक नाकाबन्दीको सामना गर्ने प्रतिज्ञा गरेछन् ।

५. कांग्रेस एमालेका शीर्षनेताले भने- भारतसँग कुरा हुन्छ 

Sushil koirala and kp oli

सत्तारुढ कांग्रेस र एमालेका शीर्ष नेताहरुले भारतले नेपाललाई नाकाबन्दी लगाउन नसक्ने र त्यो सोच्न पनि नहुने प्रतिक्रिया दिएका छन् । प्रधानमन्त्री सुशील कोइराला पत्रकारहरुलाई छलेर हिँडे ।

६. ट्वीटरमा #BackOffIndia  वर्ल्डवाइड ट्रेन्डिङ

नेपालको संविधानप्रति तिब्र असन्तोष जनाउँदै तेल आपूर्तिसमेत रोकेपछि सामाजिक संजालमा नेपालीहरुले भारत फिर्ता जाउ अभियान सुरु गरेका थिए ।जुन  ट्रेन्ड विश्वव्यापी रुपमा भाइरल बनेको छ ।

७. प्रचण्डले भने-नाकाबन्दी गरे हामी गाडी छाडेर साइकल चढ्छौं

माओवादी अध्यक्ष प्रचण्डले भारतले नाकाबन्दी गरेपनि आत्तिनु नपर्ने बताएका छन् । साथै उनले भारतीय कदमबारे आजै तीन दलको बैठक बसेर धारणा सार्वजनिक गर्ने बताएका छन् ।

८. प्रधानमन्त्रीले आफ्नै पार्टी र सरकारको गुनासो सुनाउनुभयो : महन्थ

प्रधानमन्त्री सुशील कोइराला मंगलबार बिहानै ‘गेट क्र्यास’ गरेर तमलोपाको कार्यालयमा महन्थ ठाकुरलाई भेट्न छिरेपछि धेरैलाई लागेको थियो, अब सरकार र मधेसी मोर्चावीच वार्ता र सहमतिको सम्भावना बढ्यो । तर, तमलोपा अध्यक्ष ठाकुरले बिराटनगर बिमानस्थलमा पत्रकारसँग निकै निराशाजनक कुरो सुनाए ।

९. फक्सवागनको धुवाँ काण्डले विश्वभर तरंग, अर्बौँ डलर घाटा, १ करोड १० लाख कार फिर्ता हुने

आफ्ना दशौँलाख कारहरुलाई वास्तविक भन्दा बढि सफा देखाउन खोज्दा जर्मन कार निर्माता फक्वागन ठूलो संकटमा फसेको छ । जसका कारण कम्पनीलाई अर्बौँ डलर घाटा लागेको छ ।

१०. महिनामा ४० हजारको खान्छु, नखाने कुरा केहि छैन

mahima-silwal

एक दर्जनभन्दा बढी फिल्ममा अभिनय गरेकी छिन् महिमा सिलवालले । केही म्युजिक भिडियोमा समेत देखिएकी महिमा अहिले सुटिङको क्रममा बुटवलमा छिन् ।

र, यो पनि

७५ किलो तौल बोकेर सर्वोच्च शिखर आरोहण, बन्यो विश्वकिर्तिमान 

पर्वतारोहीहरुले अनेक खालका किर्तिमान राखिरहेका हुन्छन् । यहीँ मेलोमा एकजना पर्वतारोहीले युरोपको सर्वोच्च शिखर आरोहरणका क्रममा नयाँ तथा अनौठो किर्तिमान राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?