+
+
Shares

नेपालमा भइरहेको आलोचनाको वास्ता नगरौं : पूर्वभारतीय राजदूत

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज ८ गते १६:१२

८ असोज, काठमाडौं । छिमेकी मुलुकमा हस्तक्षेपकारी भूमिका खेलेको भन्दै नेपालमा मात्र होइन, भारतमा पनि नरेन्द्र मोदी सरकारको अलोचना भइरहेको छ । भारतकै विश्लेषकहरुले समेत मोदीको विदेशी नीति असफल भएको टिप्पणी गर्न थालेका छन् ।

Siba-Sankar-Mukharjiiतर, नेपालका लागि भारतका पूर्वराजदूत शिवशंकर मुखर्जीले भने मोदी सरकारको बचाऊ गरेका छन् । साथै उनले नेपालबाट चाइना कार्ड प्रयोग हुन सक्ने समेत बनाएका छन् ।

टाइम्स अफ इण्डियामा प्रकाशित लेखमा पूर्वराजदूत मुखर्जीले अहिले भइरहेको आलोचनालाई वेस्वास्ता गर्दै भारत सरकार अघि बढ्नुपर्ने बताएका छन् ।

नयाँ संविधान घोषणा हुँदा उत्सव मनाउनुपर्ने बेला नेपालमा हिंसा भइरहेको भन्दै मुखर्जीले लेखेका छन्, ‘कांग्रेस, एमाले र एमाओवादीले बहुमतको आडमा गलत दस्तावेज बनाएका छन्, मधेसी, जनजाति र दलितसँग गरिएको लिखित प्रतिवद्धतालाई बेवास्ता गरिएको छ ।’

जसको परिणामस्वरुप तराईमा उथलपुथल भएको र अहिलेसम्म सुरक्षाकर्मीबाट ४० जनाको मृत्यु भएको लेखमा उल्लेख गरेका छन् । तराईमा ६० हजार सैनिक परिचालन गरिएको, जुन सेनाको आधा हो भन्दै पूर्वराजदूत मुखर्जीले यो कुनै आतंकवादविरुद्ध गरिएको सेना तैनाथीभन्दा बढी भएको बताएका छन् ।

अघिल्लो साता भारतीय भ्रमणमा रहेका एमाले नेता प्रदीप ज्ञवालीलाई पनि भारतीयहरुले तराईमा ६० हजार सेना परिचालन गरिएको बारे प्रश्न गरेका थिए । ज्ञवालीले त्यो झूठो हल्ला भन्दै भ्रम त्याग्न भारतीयलाई आग्रह गरेका थिए । तर, मुखर्जीले तराईमा ६० हजार सेना परिचालन भएको दोहोर्‍याएका छन् ।

सात प्रदेशको सीमांकनले २० जिल्लाको मधेसलाई १२ मा झारेको र यही नै आक्रोसको मुख्य कारण भएको मुखर्जीले लेखेका छन् । नयाँ संविधानले पुरानै बाहुन क्षेत्रीको प्रभुत्वलाई संवैधानिकता दिएको भन्दै उनले लेखेका छन्, ‘नेपालमा सबैलाई थाहा छ कि केही नेताले पूर्वमा झापा, मोरङ, सुनसरी र पश्चिममा कैलाली र कञ्चनपुरमा आफ्नो पकेट निर्वाचन क्षेत्र गुमाउन चाहेका छैनन् ।’ शासकहरुले जनता र भारतलाई संविधान संशोधन गर्छौं भनेको तर, संसदमा उनीहरुकै बहुमत भएकाले विश्वासको वातावरण नबनेको पूर्व राजदूतले लेखमा उल्लेख गरेका छन् ।

नेपालमा भारतले गलत गर्‍यो भनेर भइरहेको आलोचनालाई बेवास्ता गर्नु पर्ने उनको सुझाव छ । भारतको आलोचनालाई अपरिपक्क विश्लेषण भन्दै उनले लेखेका छन्, ‘अहिले जे गरिरहेको छ, त्यसलाई जारी राख्नुपर्छ र नेपाली नेताहरुलाई हाम्रो चासो स्पष्ट गर्नुपर्छ ।’

खुला सीमाका कारण नेपालमा अस्थिरता भए भारतलाई असर गर्ने भन्दै उनले मधेसी, जनजाति र दलितसँग वार्ता गरेर हिंसा अन्त्य गर्न सुझाएका छन् । उनले लेखेका छन्, ‘हामीले दुबै पक्षका नेताहरु आफ्नो चासो प्रष्ट पार्दै कुरा गर्नुपर्छ, नेपालको सम्प्रभुतालाई सर्वोपरीमा राख्दै खास सम्वन्धका आधारमा हाम्रो वैध चिन्ताहरुलाई राख्नुपर्छ ।’

भारतको आलोचनालाई अपरिपक्क विश्लेषण भन्दै उनले लेखेका छन्, ‘अहिले जे गरिरहेको छ, त्यसलाई जारी राख्नुपर्छ र नेपाली नेताहरुलाई हाम्रो चासो स्पष्ट गर्नुपर्छ’

पूर्वराजदूत मुखर्जीले लोकतन्त्रको लडाइका बेला भारतले दिएको साथ स्मरण गराएका छन् । भारतले ठण्डा व्यक्तव्य दिएर संविधानमा असन्तुष्टि जनाउने, नभए नेपाली नेताहरुसँग भारतले दिँदै आएको सहयोग, ऋण र प्रोजेक्टतर्फ ध्यानाकर्षण गराउनुपर्ने उनले संकेत गरे ।

भारतले नेपालमा ‘माइक्रो म्यानेजमेन्ट’ नचाहेको भन्दै उनले नेपालको संविधानमा संशोधन गर्नुपर्ने भन्दै आएको सातबुँदा मधेसी नेताहरुले दिल्ली पठाएको र साउथ ब्लकको सुझाव भनेर बाहिर आएको दाबी थरे ।

‘नेपाललाई सबक सिकाऊ’ भन्ने हार्डलाइनरहरुलाई मौका दिन नहुने भन्दै भारतले आफ्नो चासोलाई राख्दै नेपालको गरिमाका लागि संविधान घोषणाको खुसीयालीमा साथ दिनुपर्ने मुखर्जीले बताएका छन् ।

चाइना कार्डदेखि बाबुरामसम्मको चर्चा

नेपालीहरुले चाइना कार्ड खेल्न सक्ने मुखर्जीले संकेत गरेका छन् ।

‘निसन्देश उनीहरुले आफ्नो हितका लागि जिद्दीपूर्वक चिनियाँ कार्ड खेल्न सक्छन् र हाम्रो कूटनीतिको परीक्षण गर्न सक्छन्,’ पूर्व भारतीय राजदूत मुखर्जीको तर्क छ, तर, काठमाडौंबाट आउनेवाला भारतविरोधी वयानवाजीलाई हामीले बेवास्ता गर्नुपर्छ ।’

प्रधानमन्त्री सुशील कोइरालाले न्युयोर्क भ्रमण रद्द गरेको र बाबुारम भट्टराईले गल्तीहरु औंल्याएको चर्चा गर्दै मुखर्जी आफ्नो लेखमा भन्छन्-‘शायद आन्दोलन र भारतको सैद्धान्तिक स्थितिले फल प्राप्त गर्दैछ ? निश्चिरुपले कोर्समा अडिनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?