Comments Add Comment

देशमा वर्षेनी बीस अर्बको औषधि खपत हुन्छ

९ असोज, काठमाडौँ । औषधि व्यवसायीहरुले दर्ता नभएका औषधि पसलको अनुगमन गरी कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिएका छन् ।

नेपाल औषधि व्यवसायी सङ्घको रजत जयन्तीका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनीहरुले सङ्घसँग आबद्ध काठमाडाँैमा एक हजार ६०० औषधि पसल भएकामा दर्ता नभएका औषधि पसलको सङ्ख्या पाँच हजारभन्दा बढी रहेको बताए ।

नेपालभर छरिएर रहेका झन्डै २८ हजार औषधि पसलबाट वार्षिक २० अर्ब रूपैयाँभन्दा बढीको औषधिको कारोबार हुने गरेको जानकारी गराइयो । नेपालमा बिक्री भइरहेका ९० प्रतिशत औषधि भारतमा भन्दा सस्तो रहेको उनीहरुको दाबी छ ।

नेपालमा हालै आएको विध्वंसकारी भूकम्पका समयमा पनि बिरामी र भूकम्पपीडितलाई औषधिको अभाव हुन नदिएको सङ्घले हालै भारतले गरेको नाकाबन्दी र मधेसमा चलिरहेको ५० दिन लामो बन्दका कारण देशमा औषधि आपूर्तिको समस्या उत्पन्न भएको बताइयो ।

रजत जयन्ती समारोहको उद्घाटन गर्दै स्वास्थ्य मन्त्री खगराज अधिकारीले उपभोक्तासम्म पुग्नुपर्ने औषधिजस्तो संवेदनशील वस्तुमा औषधि व्यवसायी, उत्पादक तथा वितरक गम्भीर हुनुपर्ने औँल्याउँदै हाम्रो सामूहिक प्रयासबाट मात्र गुणस्तरीय स्वास्थ्य सेवा दिन हामी सफल हुने छौ भने ।

वाणिज्य विभागका महानिर्देशक शम्भूप्रसाद कोइरालाले भारतबाट औषधि बोकेको ट्रक हिँड्न नसकेको कारण ४२ दिनदेखि औषधिको आपूर्ति हुन नसकिरहेको बताउदै यो असहजस्थितिलाई सरकार,औषधि व्यवसायी तथा उपभोक्ता सबै मिलेर पार लगाउनुपर्नेमा जोड दिए । संघका केन्द्रीय अध्यक्ष मृगेन्द्रबहादुर श्रेष्ठले नेपालमा बर्षेनी रु २० अर्वको औषधि खपत हुने गरेको जानकारी दिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment