Comments Add Comment

सप्तरीमा कोष तथा लेखा नियन्त्रण कार्यालयमा तोडफोड

१० असोज, राजविराज। मधेसी मोर्चाका कार्यकर्ताहरुले सप्तरीको राजविराजस्थित कोष तथा लेखा नियन्त्रण कार्यालयमा तोडफोड गरेका छन् ।

Saptariकोष तथा लेखा नियन्त्रण कार्यालयले सुरक्षाकर्मीलाई मात्रै रकम निकासा गरेको तर अरुलाई नगरेको आरोप लगाउँदै मोर्चाका कार्यकर्ताहरुले कार्यालयमा तोडफोड गरेका हुन् ।

तराई मधेसमा जारी आन्दोलन दबाउन प्रहरीहरुलाई रकम निकासा गरेको र अरुलाई नगरेर पक्षपात गरेकाले तोडफोड गरेको मधेसी मोर्चा सप्तरीले जनाएको छ ।

जनआन्दोलन चोकस्थित कार्यालयमा पुगेका मोर्चाका कार्यकर्ताहरुले टेबुल कुर्सी लगायतका सामान बाहिर निकालेर तोडफोड गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment