Comments Add Comment

एनबी बैंकले २५ प्रतिशत बोनस सेयर दिने

११ असोज, काठमाडौं । नेपाल बंगलादेश (एनबी) बैंकको २७४अाैं सञ्चालक समितिको बैठकले गत अार्थिक वर्षको नाफाबाट NB-Bank-LTDचुक्ता पुँजीको २५ प्रतिशत बोनस सेयरको दिने निर्णय गरेको छ ।  साथै, कर प्रयोजनका लागि १.३२ प्रतिशत नगद लाभांशसमेत दिने निर्णय गरेको छ ।

सञ्चालक समितिको यो निर्णय राष्ट्र बैंक र कम्पनीको अागामी साधारण सभाबाट पारित भएपछि मात्रै लागू हुनेछ । २ अर्ब ४३ करोड चुक्ता पूँजी रहेको बैंकले गत बर्ष ७९ करोड रूपैयाँ खुद नाफा कमाएको थियो ।

यो बैंकले एक वाणिज्य बैंकसँग मर्ज गरी २ अर्ब ५० करोड रुपैयाँ पुँजी मर्जरबाट जुटाउने योजना राष्ट्र बैंकमा पेश गरेको छ । यो बैंकको एनसीसी बैंकसँग मर्जरको कुराकानी भइरहेको छ । र, लगातार ३ वर्ष ३ अर्ब ११ करोड ३० लाख रुपैयाँ बराबरको बोनस सेयर दिई चुक्ता पुँजी ८ अर्ब ४ करोड ४० लाख रुपैयाँ पुँजी पुर्‍याउने बैंकको योजना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment