Comments Add Comment

सिन्धुलीको तीनकन्याका भूकम्प पीडितलाई १६ घर हस्तान्तरण

House1

११ असोज,सिन्धुली । बैसाख १२ गतेको विनासकारी भूकम्पमा घरबास गुमाएका सिन्धुली तीनकन्या गाविसका १६ घर परिवारलाई किरात याक्थुङ चुम्लुङ हङकले अस्थाई घर बनाइदिएको छ ।

अरु जिल्लाहरु जस्तै सिन्धुली जिल्लाको तीनकन्या गाविसमा पनि बैसाख १२ गतेको विनासकारी भूकम्पको प्रभाव परेको थियो । तर, धेरै मानिसको नजरमा तीनकन्या गाविस परेन ।

तीनकन्याका भूकम्प पीडितको अवस्था नाजुक थियो । आफुले राहत नपाएको अवस्थामा दिनहु जसो अरुले राहत पाएको खबर सुनिरहेका तीनकन्यावासी अथाहा पीडा थिए ।

तर, तीनकन्यावासी भूकम्प पीडितलाई सहयोग गर्ने पनि भेटिए । तीनकन्याका अति विपन्न भूकम्प प्रभावित १६ घर परिवारलाई किरात याक्थुङ चुम्लुङ हङकङले अस्थायी घर बनाइदिने प्रतिवद्धता जनायो ।

House

प्रतिवद्धता जनाएको करिव दुई महिनापछि चुम्लुङको सहयोगमा १६ वटा घर निर्माण सम्पन्न भयो । अब सिन्धुली तीनकन्याका अति विपन्न भूकम्प प्रभावित १६ घर परिवार आफ्नै घरमा बस्न थालेका छन् ।

किरात याक्थुङ चुम्लुङ हङकङको आर्थिक सहयोगमा निर्माण सम्पन्न भएका १६ वटा अस्थायी घर भूकम्प प्रभावित १६ घर परिवारलाई हस्तान्तरण गरेको छ ।

भूकम्पले घर भत्काएपछि तीनकन्याकै मञ्जु गुरुङ १० वालबच्चा सहित बाख्रा खोरमा दिन बिताइरहेका थिए ।

लिम्बु जातिको सामाजिक संस्था किरात याक्थुङ चुम्लुङ हङकङले भूकम्प प्रभावित तीनकन्यावासीलाई अस्थाइ घर बनाइदिने योजना अघि सार्दा नेपालीले मात्र होइन अन्य देशका नागरिकले पनि सहयोग गरेका छन् ।

चुम्लुङले अघि सारेको भूकम्प प्रभावितको लागि घर बनाउने अभियानमा इस्बो समाज सेवा समिति हङकङ, एभरेष्ट तेक्वान्दो एकेडेमी हङकङका रविनकुमार नाल्बो, बेष्ट रेमिट हङकङका प्रदिप कन्दङवा लगायतले सहयोग गरेको किरात याक्थुङ चुम्लुङ हङकङका अध्यक्ष त्रिभूवन लुम्फुङवाले जानकारी दिएका छन् ।

चुम्लुङको अभियानमा हङकङमा बासोबास गरिरहेका कोरियन नागरिक तेक्वान्दो गुरु ओ जुङ पीलले समेत आर्थिक सहयोग गरेको राहत संकलन अभियानका संयोजक शेरबहादुर लक्सम्बाले जानकारी दिए ।

भूकम्प प्रभावितका लागि घर निर्माण अभियानका संयोजक हस्तवीर सावाका अनुसार चुम्लुङले १६ घर परिवारका सबै सदस्यलाई पुग्ने गरी एकसरो कपडासमेत वितरण गरिएको छ ।

एभरेष्ट तेक्वान्दो एकेडेमी र चुम्लुङ हङकङले संयुक्तरुपमा एक लाख बराबरको कपडा १६ घर भूकम्प प्रभावितलाई वितरण गरेको हो । यो अभियानको स्थानीय संयोजन अादिवासी जनजाती पत्रकार महासंघ फोनिजका अध्यक्ष डण्ड गुरूङले गरेका छन् ।

जम्मा ४ लाख ४० हजार रुपैया नगद र एक लाख बराबरको कपडा गरी ५ लाख ४० हजार रुपैयाको लगानीमा बनेका १६ वटा घरहरु धेरै लगानीमा बनाइएका घरहरुभन्दा कम छैनन् । साना र चिटिक्क घरहरु बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment