Comments Add Comment

एनआरएन कोषाध्यक्षमा चिरञ्जिवी थापाको उम्मेदवारी

Chiranjibi Thapa
काठमाडौं । आसन्न गैरआवासीय नेपाली संघ (एनआरएनए)को केन्द्रीय कोषाध्यक्षमा चिरञ्जिवी थापाले उम्मेदवारी घोषणा गरेका छन् । असोज अन्तिम साता काठमाडौंमा हुने एनआरएनए विश्व सम्मेलनले नयाँ कार्यसमितिका लागि निर्वाचन हुँदैछ ।

जापानका युवा व्यवसायी थापाले कोषाध्यक्ष पदका लागि लविङ सुरु गरिसकेको बताएका छन् । सन् २००२ मा जापान छिरेका थापाले सोलार, आइटी तथा रेष्टुरेन्ट व्यवसायमा संलग्न छन् ।

मोरङ घर भएका थापा यतिबेला काठमाडौंमा आएर प्रचार प्रसारमा जुटेका छन् । सन् २००५ देखि एनआरएनए अभियानमा संलग्न भएका थापा एनआरएन जापानको सदस्य, उपाध्यक्ष एवं सल्लाहकार समितिमा रहेर काम गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment