Comments Add Comment

अस्ट्रेलियामा स्प्रिंग मेलोडिज ब्रिसबेन

aus-spring melodiesअष्ट्रेलिया । नेपाल बाहिर हुने विभिन्न नेपाली इभेन्टहरुलाई विश्वव्यापीकरण गर्ने प्रमुख उद्देश्यसहित खुलेको इभेन्ट म्यानेजमेन्ट तथा टिकेटिंग कम्पनी ‘मेरो इभेन्ट्स अस्ट्रेलिया’को आयोजनामा स्प्रिंग मेलोडिज ब्रिसबेन सम्पन्न भएको छ ।

स्प्रिंग मेलोडिज ब्रिसबेन २०१५ नाम दिइएको कार्यक्रममा नेपाली चर्चित कलाकारहरु धर्मेन्द्र सेवान, कमल खत्री र स्ट्याण्ड अप कमेडियन सन्दीप क्षेत्री तथा स्थानीय नेपाली ब्याण्डहरु शास्त्र र जागृतीको साथै बिमश्री श्रेष्ठकोसमेत प्रस्तुति रहेको थियो । शुक्रबार क्विन्सल्याण्ड रसियन कम्युनिटी सेन्टरमा आयोजना गरिएको कार्यक्रममा थुप्रै संख्यामा नेपाली दर्शकहरुको उपस्थिति थियो ।

नेपाली कार्यक्रमहरुलाई बिश्वब्यापी गराउदै लैजाने क्रममा आफैंले कार्यक्रम आयोजना गर्नुका साथै अन्य आयोजकहरुले आयोजना गरेका कार्यक्रमहरुको समेत अनलाइन टिकेट उपलब्ध गराउने योजना अनुरुप उक्त कार्यक्रमको टिकेट समेत अनलाइनमा उपलब्ध गराइएको थियो ।

बिमश्री श्रेष्ठले आफ्नो प्रस्तुति दिएर सुरु गरिएको कार्यक्रममा स्थानीय ब्याण्ड ँजागृतिू ले लाइभ गीत गाउने क्रम सकिएपछ िकमल खत्रीले आफ्नो प्रस्तुति दिएका थिए । कमल खत्रीले आफ्ना केहि चर्चित गीतहरु गाइसकेपछि स्टेजमा देखिएका कमेडियन सन्दीप क्षेत्रीले दर्शक हँसाएका थिए ।

कार्यक्रममा धर्मेन्द्र सेवानले आफ्नो प्रस्तुतिको सुरुमै नेपाली राष्ट्रिय गानबाट गायन सुरु गरेपछि उपस्थित सबै दर्शकहरु आ-आफ्नो सिटबाट उठेर देशप्रेम दर्शाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment