साउदी अरब । बिप्लव नेतृत्वको नेकपा माओवादीको प्रवासी संगठन जनप्रगतिशील मोर्चा साउदीको अध्यक्षमा मीनराज नाथ चुनिएका छन् ।
मोर्चाको दोस्रो अधिबेशनले आगामी दुई बर्षे कार्यकालका लागि नाथको अध्यक्षतामा ३७ सदस्यीय नयाँ कमिटी चयन गरेको छ । नयाँ कार्य समितिको उपाध्यक्षमा रोमन क्षेत्री र मानबहादुर सहचारी तथा महासचिवमा युबराज कार्की चुनिएका छन् ।
यस्तै, मोर्चाको सचिबमा भेषराज रसाइली र सुरेन्द्र रोका तथा कोषाध्यक्षमा पवन मगरलाई चयन गरिएको छ ।
कार्य समिति सदस्यमा टेकबहादुर थापा, जीवराज पुन, दिलकुमार लामा, गुमान सिंह डाँगी, करन पुन, दण्डपाणि भट्टराई, दिनेश क्षेेत्री, अमृत पुन, लालसिंह घर्तिमगर, सुरेस ओली रहेका छन् ।
यस्तै, दिनेश घर्ती, ध्रुव केसी, रणबहादुर बुढामगर, तेजेन्द्र पुन, प्रबिन पुरुष, दिलकुमार लामा, मोहन सारु, कमान सिंह डाँगी, यादव अधिकारी, बिगेन्ऽ निरौला, ईस्वर लामा, रबिन्द्र सदाशंकर, श्रवणकुमार शेर्पाली, सागर माझी, सुभास कार्की, रोशन गुरुङ्ग, प्रकाश थापा, रामसिंह कुमाल, बेगम शेर्पाली रहेका छन् । समितिको सल्लाहकारमा दिल सुब्बा, महेन्द्र थुलुङ, भानु प्रदेशी र किशोर अबिनाश चयन भएका छन् ।
कार्यक्रममा नेकपा माओवादीका केन्द्रीय सदस्य टेकबहादुर केसी, नेपाली दुतावासका कार्यबाहक राजदुत आनन्दप्रसाद शर्मा, एनआरएन साउदीका अध्यक्ष नारायण पासवान, जनप्रगतिशील मञ्चका अध्यक्ष गणेश घतानी, मञ्चका निर्बतमान अध्यक्ष डोरबहादुर कार्की, विश्व साहित्य संघ साउदी च्याप्टरका सूर्य याख्या लगायतले शुभकामना मन्तब्य राख्दै प्रवासी श्रमिकका समस्या समाधानका लागि सबै एक भएर लाग्नुपर्नेमा जोड दिएका थिए ।
एनपी प्रधान (भरत)
प्रतिक्रिया 4