११ असोज, काठमाडौं । नेपालको अन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै विद्यार्थीहरुले राष्ट्रिय झण्डासहित भारतीय दूताबास अगाडि प्रदर्शन गरेका छन् ।
प्रमुख दलमा आवद्धसहित ९ विद्यार्थी संगठनका नेता कार्यकर्ताहरुले लैनचौरस्थित भारतीय दूतावास अगाडि प्रदर्शन गरेका हुन् । उनीहरुले हातमा नेपालको राष्ट्रिय झण्डा बोकेका थिए भने अघोषित नाकाबन्दी अन्य गर्न माग गरेका थिए ।
अस्कल क्याम्पसमा जम्मा भएर विद्यार्थीहरु नाराबाजी गर्दै दूतावासतर्फ अघि बढेका थिए । दूताबासको गेटमै पुगेर प्रदर्शन गर्ने पूर्वनिर्धारित कार्यक्रम रहे पनि प्रहरीले विद्यार्थीहरुलाई होटल एम्बास्डर नजिकै रोकेको थियो । त्यसपछि विद्यार्थीहरुले त्यहिँ कोणसभा गरेका थिए ।
विद्यार्थीहरु नेपाल भारत पारवहन सन्धिअनुसार अधिकारका विषयमा संयुक्त राष्ट्रसंघको ध्यानाकर्षण गराउने कार्यक्रम तय गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4