निमुसंगम घर्ती
१२ असोज, घोराही । दाङको देउखुरीमा गुडिरहेको मोटरसाइकलमा एक्कासी आगो लागेको छ । आगोमा जलेर मोटरसाइकल पूर्णरुपमा नष्ट भएको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत दाङको लालमटिया ३ भालुबाङ पुलमा भे ३ प ५३५१ नम्बरको पल्सर मोटरसाइकलमा मंगलबार आगो लागेको हो । मोटरसाइकल धनि सलमान सिद्धिकी भने सकुशल छन् । उनी नेपालगञ्जबाट मोटरसाइकल चढेर पोखरा जाँदै थिए ।
मोटरसाइकलको पछाडि १० लिटरको जर्किनमा पेट्रोल झुण्ड्याएर यात्रा गरिरहेकाबेला साईलेन्सर पाईपको तापले पेट्रोलमा आगो लागेपछि मोटरसाइकल जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ । आगो निभाउने प्रयास भएपनि नसकिएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4