१२ असोज, काठमाडौं । नेपाल आयल निगमले मंगलबार काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा ५६ वटा पम्पबाट डिजेल वितरण गर्दैछ । यस्तै १३ वटा पम्पहरुलाई निगमले पेट्रोल वितरणको जिम्मा दिएको छ ।
निगमले उपत्यकासहित काभ्रे र नुवाकोटका पम्पहरुलाई थानकोट डिपोबाट पेट्रोलियम पदार्थ दिएको छ । उपत्यका भित्र पेट्रोल वितरणको जिम्मा सरकारी सुरक्षा निकाय, संस्थान र साझाका पम्पहरुलाई दिइएको छ । बनेपा र नुवाकोटमा भने निजी पम्पहरुले पनि पाएका छन् । उपत्यका बाहिर निगमका क्षेत्रीय डिपोहरुबाट बिक्रीको ब्यवस्था मिलाएको निगमले जनाएको छ ।
मंगलबार निगमले १ लाख ३ हजार लिटर पेट्रोल बिक्री गर्दैछ भने २ लाख ३६ हजार लिटर डिजेल बजारमा आएको छ ।
यस्तो छ मंगलबार पेट्रोल र डिजेल बिक्री गर्ने पम्पहरुको नामावली
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4