+
+

के आर्यनलाई गीत गाउने रहर छ ?

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज १२ गते १५:२०

aaryan-sigdel
विश्वमै हेर्ने हो भने पनि सेलिब्रेटीहरु अभिनयसँगै गीत गाउन पनि सौखिन छन् । हलिउड, बलिउडमा यस्ता उदाहरण प्रशस्त देखिन्छ ।

नेपालमा पनि कलाकारहरुले गीत गाउने रहर नगरेका होइनन् । सुष्मा कार्की, पि्रयंका कार्की, दीपाश्री निरौला लगायतका कलाकार स्टेजमा गीत गाउन तम्सिन्छन् । प्रियंकाले त केही दिन अगाडि एक कभर गीत नै सार्वजनिक गरिसकेकी छिन् ।

नायक आर्यन सिग्देलले पनि आफूमा गीत गाउने रहर रहेको देखाएका छन् । केही दिन अगाडि कतारमा आयोजना भएको ‘आठौ नेफ्टा फिल्म अवार्ड’का क्रममा जब आर्यन उत्कृष्ट गायकको विधामा अवार्ड वितरण गर्न पुगे, उनको चाहना रोकिएन ।

यो विधामा गायक युवराज चौलागाइले अवार्ड  जितेका थिए । आर्यनले नै निर्माण तथा अभिनय गरेको चलचित्र ‘नोभेम्बर रेन’को ‘तिमीलाई म के भनु’ बोलको गीताट युवराजले अवार्ड जितेका थिए । युवराज स्टेजमा आउने समयसम्म आर्यनले यो गीत गाएर सुनाए ।

आर्यन रोकिएनन्, उनले लामै समय यो गीत गाएका थिए । आर्यनले गीत गाउँदा स्टेडियममा उपस्थित १० हजार बढी दर्शकले ताली बजाएर साथ दिएका थिए ।

आर्यनले पनि गीत गाउँदै आफूलाई यतातर्फ पनि रुची भएको छनक दिएका छन् । के अब, नेपाली चलचित्रका दर्शकले चर्चित नायकलाई गायकको रुपमा पनि देख्न पाउलान्, प्रतिक्षा गर्नैपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?