Comments Add Comment

नेफ्टाका जुरीको आग्रह-‘भ्रममा नपरौ, सबै निर्णय गोप्य’

nefta-award
कतारमा बिहिबार सम्पन्न ‘आठौ नेफ्टा फिल्म अवार्ड’मा वितरण भएका सम्पुर्ण विधाका अवार्डहरु आफूहरुको निर्णय अनुसार भएको भन्दै अवार्डमा संलग्न ५ जना जुरीले विज्ञप्ती निकालेका छन् ।

जुरीहरु नारायण पुरी, विश्वेश श्रेष्ठ, करुण थापा, रक्षा राणा र भरत शाक्यको हस्ताक्षर सहितको विज्ञप्तीमा भनिएको छ-‘कतारमा सम्पन्न अवार्ड कार्यक्रमका सम्पुर्ण निर्णयहरु निर्णायकहरुबाट स्वतन्त्र र गोप्य रुपमा सहमतीमा भएकोले सम्पूर्ण निर्णयहरुमा निर्णायकहरु जिम्मेवार भएको जानकारी गराउँछौ ।’

५ जना जुरीले हस्ताक्षर गरेको विज्ञप्तीमार्फत कुनै किसिमको भ्रामक प्रचारमा ध्यान नदिन पनि अनुरोध गरिएको छ । साथमा जुरीहरुले अवार्ड विजेता सबैलाई विज्ञप्तीमार्फत नै वधाई दिएका छन् ।

अवार्ड वितरणपश्चात जुरी मध्येका एक कलाकार विरेन्द्र हमालले जुरीको निर्णय विपरित अवार्ड वितरण गरिएको भन्दै फेसबुकमा स्टाटस लेखेका थिए । हमाल कतारमा आयोजित अवार्ड समारोहमा सहभागी भएका थिएनन् । press-release

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment