Comments Add Comment

अधिकार दिलाउन नसकेको भन्दै मधेसी समुदायसँग बाबुरामले माफी मागे

Babutam-At-janakpur

१२ असोज, जनकपुर । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले मधेस र थारुको माग पूरा भएपछि मात्र संविधानले पूर्णता पाउने बताएका छन् ।

जनकपुरको गोपाल धर्मशालामा मंगलबार आयोजित जनसभालाई सम्बोधन गर्दै भट्टराईले अहिलेको संविधान पूर्ण नभएकाले आफूले दिपावली नगरेको बताए ।

संविधानसभाको सम्वाद समितिका सभापति समेत रहेका भट्टराईले महत्वपूर्ण जिम्मेवारीमा रहेर पनि मधेसलाई अधिकार दिलाउन नसकेको भन्दै माफी मागेका छन् ।

उनले आफू तराई-मधेस, हिमाल र पहाडलाई जोड्न जनकपुर आएको बताए । साथै उनले मधेसको समस्याको वार्ता र सम्वादवाटै राजनीतिक समाधान खोज्नु पर्नेमा जोड दिएका छन् । यसका लागि सरकार पक्ष बढी जिम्मेवार हुनु पर्ने भन्दै उनले आन्दोलनकारी पनि वार्तामा बस्न आग्रह गरे ।

संविधान संशोधन गरेर आन्दोलनरत पक्षको जायजमा सम्बोधन गर्नु पर्ने उनले बताए ।

भट्टराईले राष्ट्रपति डा. रामवरण यादवले दौरा सुरुवात लगाएर नेपाली बन्न कोशिस गरेको तर, पटक पटक अपमानित हुनु परेको बताए ।
भट्टराई सम्बोधन गरेर हिँडे लगतै आन्दोलनकारीले मञ्च नै जलाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment