+
+
Shares

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ७ गते १९:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेमा पृथ्वीराजमार्गमा तीन सवारीसाधन ठोक्किँदा दुई जना घाइते भएका छन् ।
  • दुर्घटनामा ईभी माइक्रो चालक शुक्लागण्डकी नगरपालिका–६ का ३२ वर्षीय सुमन परियार र व्यास नगरपालिका–१४ की ९ वर्षीया जेनिशा परियार घाइते भएका छन् ।
  • दुवै जनाको प्रदेश अस्पताल दमौलीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

७ कात्तिक, दमौली (तनहुँं) । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज तीन सवारीसाधन एकआपसमा ठोक्किँदा दुई जना घाइते भएका छन् ।

दमौलीबाट पोखरातर्फ जाँदै गरेको बा १९ च १४७७ नम्बरको स्कारपिओ र विपरीत दिशाबाट आउँदै गरेको ग १ ज ९००८ नम्बरको ईभी माइक्रो एकआपसमा ठोक्किएका थिए । ठक्करपछि अनियन्त्रित भएको स्कारपिओ डिभाइडर नाघेर विपरीत लेनमा पुगेको र पोखराबाट दमौलीतर्फ जाँदै गरेको ग १ ज ७५०१ नम्बरको टाटा सुमोसँग ठोक्किएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ईभी माइक्रोका चालक शुक्लागण्डकी नगरपालिका–६ निवासी ३२ वर्षीय सुमन परियार र माइक्रोमा सवार व्यास नगरपालिका–१४ निवासी नौ वर्षीया जेनिशा परियार घाइते दुवै जनाको प्रदेश अस्पताल दमौलीमा उपचार भइरहेको प्रहरी नायब उपरिक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?