Comments Add Comment

भारतीय हस्तक्षेप रोक्न विद्यार्थीले गराए राष्ट्रसंघको ध्यानाकर्षण

jimi-mcgoldrick

१२ असोज, काठमाडौं । भारतले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको र पारवाहन सन्धी उल्लंघन गरेको भन्दै ९ विद्यार्थी संघ-संगठनहरुले संयुक्त राष्ट्रसंघको ध्यानाकर्षण गराएका छन् ।

ललितपुरको पुल्चोकस्थित राष्ट्रसंघीय नियोग मार्फत् विद्यार्थीहरुले समस्या समाधानका लागि ध्यानाकर्षण गराएका हुन् ।

संयुक्त राष्ट्रसंघका आवासीय प्रतिनिधि जिमी म्याक गोल्डरिकले ध्यानाकर्षण पत्र बुझ्दै नेपाललाई परेको अप्ठेरोप्रति आफूहरु गम्भीर रहेको बताएका थिए । उनले यो विषयलाई राष्ट्रसंघीय मुख्यालयमा आजै पुर्‍याउने जानकारी गराए ।

विद्यार्थी नेतालाई कार्यालय प्रवेशमा रोक

ध्यानाकर्षण पत्र बुझाउन गएका विद्यार्थीहरुलाई कार्यालयको मुख्य गेटमै रोकिएको थियो । गोल्डरिक बाहिर सडकमै आएर विद्यार्थीहरुको ध्यानाकर्षणपत्र बुझेका थिए ।

नेपाल क्रान्तिकारी विद्यार्थी संघका अध्यक्ष निरज लबजुले बाचन गरेर सुनाएका थिए भने अनेरास्ववियूका अध्यक्ष किशोरविक्रम मल्ल, अखिल क्रान्तिकारीका अध्यक्ष रमेश मल्ल र  नेविसंघ प्रवक्ता यूपी लामिछानेले ध्यानाकर्षण पत्र बुझाएका थिए ।

मंगलबार विहान विद्यार्थीहरुले कार्यवाहक परराष्ट्रमन्त्री खगराज अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै भारतले नेपालमा गरेको हस्तक्षेपको राजनीतिक र कुटनीतिकरुपमा प्रतिवाद गर्न आग्रह गरेका थिए ।

उनीहरुले सोमबार लैनचौरस्थित भारतीय दूतावास अगाडि विरोध प्रदर्शन गरेका थिए । दूतावास अगाडिको विरोध प्रदर्शनमा नेविसंघ सहभागी नभए पनि मंगलबारका दुबै कार्यक्रममा नेविसंघ प्रवक्ता यूपी लामिछाने सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment