+
+
Shares

सरकारी जग्गाको खोजतलास र संरक्षण सुरु, सयौं रोपनी जग्गा बेवारिसे

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज १३ गते ७:३७

१३ असोज, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जिल्लाभर बेवारिसे अवस्थामा रहेका सरकारी जग्गाको खोजतलास गर्न सुरु गरेको छ । यस्ता जग्गा संरक्षणका लागि खोजतलास थालिएको हो ।

Kathmanduवर्षौदेखि बेवारिसे सरकारी जग्गाको संरक्षण हुन नसक्दा अतिक्रमणको सिकार भइरहेकाले त्यस्ता सरकारी जग्गाको खोजतलास गरी संरक्षण थालिएको प्रमुख जिल्ला अधिकारी एकनारायण आर्यलले बताए ।

विभिन्न व्यक्ति तथा समूहले सरकारी जग्गा अतिक्रमण गरी बसोबास तथा प्रयोग गरेको पाइएपछि प्रशासनले अभियान सुरु गरेको नयाँ पत्रिकामा खबर छ । त्यसक्रममा सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोख्रेलको संयोजकत्वमा सार्वजनिक जग्गा खोजतलास तथा संरक्षण कार्यदल बनाइएको छ ।

कार्यदल संयोजक पोखरेलका अनुसार कार्यदलले केही समयअघि काठमाडौं महानगरपालिका वडा नम्बर ४ र ५ स्थित धोवीखोलापश्चिमको भत्केको पुल तथा त्यहाँबाट उत्तर-दक्षिणतर्फको झन्डै ३५ रोपनी सरकारी जग्गा पत्ता लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?