+
+
Shares

पाथीभरा मन्दिरको भेटी सङ्कलनमा सरकारको चासो

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज १३ गते ९:२०

Pathibhara१३ असोज, ताप्लेजुङ । बर्सेनि लाखौँ भक्तजनले दर्शन गर्ने ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरको भेटीघाटी सङ्कलनमा सरकारले बल्ल चासो देखाएको छ ।

वार्षिक एक करोड रूपैयाँभन्दा बढी भेटी सङ्कलन हुने यस मन्दिर क्षेत्रको विकासका लागि गठन गरिएको पाथीभरा क्षेत्र विकास समितिलाई भेटी सङ्कलनका लागि कार्यविधि बनाई कार्यान्वयन गराउन सरकारले निर्देशन दिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको गत साउन १४ गतेको सचिवस्तरीय बैठकको निर्णयअनुसार सो समितिलाई कार्यविधि तयार गरेर भेटी सङ्कलन गर्न समिति स्थापना भएको १९ वर्षपछि बल्ल निर्देशन आएको समितिका अध्यक्ष सजन पौडेलले जानकारी दिए ।

यो समिति २०५३ सालमा सरकारले राजपत्रमा प्रकाशित गर्दै स्थापना गरेको थियो । हाल स्थानीय स्तरमा गठन गरिएको पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा संवद्र्धन समितिले भेटी सङ्कलन गर्दै आएको छ । यस मन्दिरमा बर्सेनि स्वदेशी तथा विदेशी गरी झन्डै एक लाखभन्दा धेरै दर्शनार्थी पुग्ने गरेका छन् भने वार्षिक करोडौँ भेटी सङ्कलन हुने गरेको छ । पाथीभरा क्षेत्रको विकासमा सरकार मातहतको र स्थानीयस्तरकै गरी दुई–दुईवटा निकाय संलग्न भए पनि सो क्षेत्रको विकास अपेक्षाकृत नहुनुका साथै भेटीपातीको पारदर्शिता हुन नसकेको कतिपयको आरोप छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?