+
+
Shares

प्रस्तावित राजदूतले संसदीय सुनुवाइमा व्यक्त गरेका तीन वटा शब्द अभिलेखबाट हटाइयो

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २८ गते १६:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • साउदी अरबका लागि प्रस्तावित आवासीय राजदूत गिरी बहादुर सुनारले सुनुवाइमा प्रयोग गरेको ‘ल्याङ हान्न आएको’ शब्द संसदीय अभिलेखबाट हटाइएको छ।
  • संसदीय सुनुवाइ समिति सभापति बोधनारायण श्रेष्ठले ती तीन शब्द हटाउन संसद सचिवालयलाई निर्देश गरेका छन्।
  • प्रस्तावित राजदूतहरूको सुनुवाइ सकिएको छ, तर अनुमोदनबारे निर्णय हुन बाँकी छ।

२८ असोज, काठमाडौं । साउदी अरबका लागि प्रस्तावित आवासीय राजदूत गिरी बहादुर सुनारले संसदीय सुनुवाइमा व्यक्त गरेका तीन वटा शब्द संसदीय अभिलेखबाट हटाइएको छ ।

सुनुवाइका क्रममा प्रस्तावित राजदुत सुनारले ‘ल्याङ हान्न आएको’ भन्ने शब्द प्रयोग गरेका थिए ।

यसलाई संसदीय सुनुवाइ समिति सभापति बोधनारायण श्रेष्ठले यी तीन वटा शब्द संसदीय अभिलेखबाट हटाउन संसद सचिवालयलाई निर्देश गरेका हुन् ।

प्रस्तावित राजदूतहरूको सुनुवाइ सकिएको छ ।

यद्यपि उनीहरूलाई अनुमोदन गर्ने वा के गर्ने भन्नेबारे निर्णय भने हुन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?