+
+
Shares

नाकाबन्दी बिरुद्ध कलाकारले राष्ट्रिय गीत गाउने

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज १४ गते १०:२८

nisha-and-nabal

काठमाडौं । भारतले गरेको अघोषित नाकाबन्दीको बिरुद्ध नेपाली कलाकारले शुक्रवार शान्तिवाटिकामा राष्ट्रिय गीत गाउने भएका छन् ।

‘राष्ट्रियतामाथिको प्रहार हामी सहन सक्दैनौ भोलि हाम्रो विशेष कार्यक्रम हुने छ ।’ संघका अध्यक्ष नवल खड्काले अनलाइनखबरसँग कुरा गर्दै भने ।

भोलिको कार्यक्रममा मुलुकमा भएका सबै कलाकर्मीलाई अनिवार्य उपस्थित हुन आग्रह गरेका छन् उनले । उनको भनाई अनुसार त्यहाँ कसैले पनि भाषण गर्ने छैन । उपस्थित सबै राष्ट्रिय गीत गाउँदै हातमा प्ले कार्ड बोकेर शान्तिवाटिकावाट निस्कने छन् र शान्तिवाटिकामै गएर कार्यक्रम समापन हुने छ ।

नाकाबन्दीकै बिरुद्धमा चलचित्र घरहरुमा हिन्दी सिनेमा लागेको छैन भने केबुल प्रशारण संघले हिन्दी च्यानल प्रशारणमा रोक लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?