+
+
Shares

सुन तोलामा ५ सय रुपैयाँ सस्तियो

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज १४ गते १२:५४

Gold१४ असोज, काठमाडौं । सुनको मूल्य बिहीबार एकैपटक तोलामा ५ सय रुपैयाँले घटेको छ । केही दिन स्थिर भएर दुई दिनयता निरन्तर घट्दै आएको सुनको मूल्य बिहीबार पनि ओरोलो लागेको हो ।

बिहीबार छापावाल सुन तोलाको ४९ हजार ५ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुनको मूल्य ४९ हजार २ सय ५० रुपैयाँ कायम भएको छ ।

मंगलबार सुन तोलामा ४ सय रुपैयाँ र बुधबार ६ सय रुपैयाँले सस्तिएको थियो । चाँदीको मूल्य भने घटबढ भएको छैन । चाँदी प्रतितोला ६ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?