+
+
Shares

नाकाबन्दी गरेर भारतले राजनीतिक हस्तक्षेप गर्ने खोज्यो: कमल थापा

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज १४ गते १५:१८

१४ असोज, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले भारतले अघोषित रुपमा नाकाबन्दी गरेर नेपालमाथि राजनीतिक हस्तक्षेप गर्न खोजेको बताएका छन् ।

Kamal-thapa-newकेन्द्रीय आदिवासी जनजाति विभागले आयोजना गरेको तीनदिने अनुशिक्षण कार्यक्रममा सहभागी हुन काभ्रेको धुलिखेल पुगेका थापाले भने, भारतले अघोषित रुपमा गरेको नाकाबन्दीप्रति हाम्रो आपत्ति छ । यो हाम्रो आन्तरिक मामिलामा हस्तक्षेप हो ।”

भारतले दक्षिण एसिया हाम्रो प्रभाव क्षेत्र हो भन्ने मानसिकताले काम गरिरहेको भन्दै उनले नेपालमा भारतले स्वाभाविकभन्दा बढी चासो दिइरहेको बताए ।

अन्तर्राष्ट्रिय मान्यता र कानुनअनुरुप पाउनुपर्ने पारवहन सुविधालाई भारतीय पक्षबाट रोक्ने काम भएको भन्दै उनले औपचारिक रुपमा भारतले नाकाबन्दी गरेको घोषणा नगरेपनि परिणामले नाकाबन्दी भएकै देखाएको बताए ।

१७ वर्षपछि एकै वर्षमा दुई पटक नेपाल भ्रमण गरेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल–भारतबीचको सम्बन्धलाई अभूतपूर्व उचाइमा पुर्याउनुभएको भन्दै राप्रपा अध्यक्ष थापाले भने, अघोषित नाकाबन्दीले त्यो सम्बन्धलाई नकारात्मक प्रभाव पारेको छ ।’

समानुपातिक र समावेशिताको विषयलाई सैद्धान्तिक रुपमा स्वीकार गर्न सकिने भएता पनि मधेसवादी दलले उठाएको अङ्गीकृत नागरिकता प्राप्त गर्ने व्यक्तिले राष्ट्रको प्रमुख पद प्राप्त गर्न पाउनुपर्छ भन्ने विषयलाई कुनै पनि हालतमा स्वीकार गर्न नसकिने बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?