Comments Add Comment

३१ ट्याकर इन्धन नेपाल भित्रियो, पश्चिमी नाकामा खुकुलो जाँच

१४ असोज, काठमाडौं । बिहीबार अरु दिनभन्दा धेरै पेट्रोलियम पदार्थ बोकेका ट्यांकर नेपाल भित्रिएका छन् । पश्चिमी भन्सार नाकामा भारतले केही खुकुलो जाँच गरेका कारण नकाबन्दी लगाएपछि कै सबैभन्दा बढी तेल तथा ग्यास ट्यांकर नेपाल आएका हुन् ।

Oil-Tanker-in-Nepalभारतसँगको पश्चिमी नाकाहरुबाट दिनभरमा ३१ वटा पेट्रोलियम पदार्थ बोकेका ट्यांकर नेपाल भित्रिएका हुन् । भैरहवा नाकाबाट मात्रै बिहीबार दिनभरमा १८ वटा पेट्रोलिलम ट्याकंर नेपाल आएका छन् ।

जसमा ८ वटा पेट्रोल, ६ वटा डिजेल र २ वटा मट्टतिेल बोकेका ट्याकंर रहेको बेलहिया भन्सारले जनाएको हो । सोही नाका भएर २ बुलेट ग्यास पनि नेपाल आएको छ । अझै पेट्रोलियम ट्यांकरसहित मालबाहक गाडी नेपाल भित्रिरहेको छ ।

यस्तै नेपालगञ्जको नकाबाट १३ वटा तेल तथा ग्यास बोकेका ट्यांकर नेपाल आएका छन् । जसमा १० वटा तेल ट्यांकर हुन् ३ वटा ग्यास बुलेट छन् ।

पूर्वी नाकाको तुलनामा बिहीबार भैरहवा र नेपालगञ्ज नाकामा भारतीय भन्सारले खुकुलो भन्सार जाँच गरेको छ । दिनभरमा भैरहवा नाकाबाट ८८ वटा मालबहाक गाडी भित्रिएका छन् । नेपालगञ्ज नाकाबाट भने २३ वटा मालबहाक गाडी नेपाल आएको भन्सार प्रमुख राजेन्द्र हमालले जानकारी दिए ।

पेट्रोलियम बाहेक दुबै नकाबाट आलु, प्याज, प्लाईउड, क्लिंकर लगायत बोकेका धेरै गाडी छुटेका छन् ।

काँकडभिट्टाको मेची भन्सार नाकाबाट भने दिनभरमा १२ वाटा मालबहाक मात्रै मालबहाक गाडी नेपाल प्रवेश गरेका छन् । जसमा एउटाले पनि पेट्रोलियम पदार्थ बोकेका छैनन् । मेची भन्सार कार्यालय र स्थानीय प्रशासनले पेट्रोलियम पदार्थ बोकेका ट्यांकर छुटाउन पहल गरेपनि भारतीय भन्सारले अटेर गरेको छ ।

वीरगञ्ज र बिराटनगर नाकामा भने मधेसी मोर्चाको अरोध जारी छ । मोर्चाको कार्यकर्ता लगातार धर्नामा बस्दा मुख्य दुई नाकाबाट आयात-निर्यात ठप्प छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment