Comments Add Comment

‘जमरा र रातो टिका’ भन्दै नाँचे नीता र शंकर

shankar-and-neeta
विद्यार्थी कालमा प्राय प्रथम हुन्थे झापा पाँचगाँछीका टंक बुढाथोकी । अभिभावकको सपना थियो छोरो डाक्टर बनोस् । प्रवेशिकापछि अभिभावकको चाहना अनुरुप विज्ञान पढ्न ९ वर्षअघि काठमाडां छिरेका टंकमा संगीतको नशा थियो ।

अभिवावकको चाहना बमोजिम डाक्टर भएको भए टंकले शारीरिक रुपमा पीडितहरुको उपचार गर्थे होलान् । तर, उनले रोजे संगीतको बाटो । संगीतको माध्यमबाट लाखौं घाइते मनहरुलाई उपचार गराइरहेका छन् ।

नेपाली चलचित्र ‘जञ्जिर’को ‘किन गाह्रो-गाह्रो हुन्छ’ बोलको गीतबाट टंकले चलचित्रमा संगीत भर्न थालेका हुन् । रेखा थापाको ब्यानरमा बनेको चलचित्र ‘हिम्मतवाली’को ‘काली तिम्रो नजरैले’ गीतले उनको चर्चा चले पनि यो स्थानसम्म आउन टंकले धेरै संघर्ष गरेका छन् । उनले गाएका अन्य गीतहरुमा चलचित्र ‘हवल्दार सुन्तली’को ‘घन्टी बज्यो’ लगायत छन् ।

साङ्गीतिक यात्रा सुरु गर्दा टंकले राजवंशी भाषाका एल्बमहरु निकाले । दुर्गा राजवंशीले रचना गरेको राजवंशी भाषाका ५ वटा एल्बम उनले बजारमा ल्याइसकेका छन् । ‘अभिभावकको इच्छा डाक्टर थियो, तर समयले मलाई संगीतमा तान्यो,’ उनले भने ।

बुढाथोकीले पछिल्लोपटक एउटा दसैं गीत सार्वजनिक गरेका छन् । नेपाली चलचित्र क्षेत्रमा केही राम्रा गीतहरुमा संगीत गरिरहेका बुढाथोकीले आफ्नै शब्दमा संगीत भरेको उक्त गीतको म्युजिक भिडियो पनि सार्वजनिक भएको छ ।

उक्त गीतमा सरु गाैतमले टंकलाई साथ दिएकी छिन् । तिर्सना म्युजिक प्रालिको ब्यानरमा सार्वजनिक भएको अडियोमा अर्जुन कार्की र अमृता नेपालले पनि शब्द तथा संगीत रचनामा सहकार्य गरेको टंकले बताए । शंकर वीसीले निर्देशन गरेको भिडियोमा नीता ढुंगाना, रश्मी तामाङ, महेन्द्र गौतमको साथमा वीसीकै मोडलिङ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment