Comments Add Comment

विमानसम्म पुर्‍याउने गाडीमा तेल नहुँदा उडान प्रभावित हुने

TIA Domestic Airlines
१५ असोज, काठमाडौं । नेपाल आयल निगमले आन्तरिक उडान भर्ने जहाजलाई तेल उपलब्ध गराए पनि जहाजसम्म पुग्ने गाडीलाई तेल नदिँदा उडान प्रभावित हुनसक्ने वायुसेवा सञ्चालक संघले जनाएको छ ।

वायुयान सञ्चालनका लागि आवश्यक पर्ने ग्राउन्ड पावर इक्वीपमेन्ट, टर्मिनल भवनदेखि वायुयानसम्म यात्रु ओसार पसार गर्ने सवारी, कार्गो बोक्ने ट्याक्टर, चलक दलका सदस्यहरु र ग्राउन्ड स्टाफलाई विमानस्थल पुर्‍याउने सवारीका लागि इन्धन उपलब्ध नहुँदा आन्तरिक उडानहरु प्रभावित हुनसक्ने संघले विज्ञप्तीमार्फत जानकारी दिएको छ ।

संघले हवाई यात्रुहरुलाई विमानस्थल प्रस्थान गर्नु अगाडि सम्बन्धित वायुसेवा कम्पनीसँग समन्वय गरेर मात्र विमानस्थल पुग्न आग्रह गरेको छ ।

निगमले तेल अभावकै कारण आन्तरिक उडान नरोकिने बताइरहँदा वायुसेवा सञ्चालकहरुले भने उडान प्रभावित हुनसक्ने बताएका छन् ।

यस्तो छ विज्ञप्ति

Airlines Operter Association

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment