+
+

भैरहवाको झडपमा डिएसपीसहित ९ प्रहरी घाइते

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज १८ गते १३:५१

Rameshwor-Karki-DSP,-Rupand

१८ असोज, रुपन्देही । भैरहवाको बेलहिया नाकामा प्रहरी र आन्दोलनकारीबीच भएको झडपमा रुपन्देहीका प्रहरी नायव उपरीक्षक (डिएसपी) रामेश्वर कार्कीसहित ९ जना प्रहरी घाइते भएका छन् ।

बेलहिया नाकामा अवरोध गर्न खोज्ने मधेसी मोर्चाका कार्यकर्ताहरुलाई प्रहरीले रोक्न खोजेपछि झडप भएको थियो ।

आन्दोलनकारी र प्रहरीबीचको झडपले केहीबेर भैरहवाको सीमा क्षेत्र तनावग्रस्त भएको थियो । दशगजा क्षेत्रमा बसेका प्रदर्शनकारीहरुले प्रहरीलाई ढुंगामुढा गरेका थिए । केहीबेरको ढुंगामुढापछि प्रदर्शनकारी भारतीय भूमितर्फ भागेका थिए । भारतीय सुरक्षाकर्मीहरुले पनि प्रदर्शनकारीलाई धपाएका थिए ।

झडपमा बेलहियाका केही स्थानीयबासी पनि घाइते भएका छन् । ढुंगामुढा गर्ने केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?