Comments Add Comment

आइओसीसँग ८७ करोड क्षतिपूर्ति दाबी गर्दै नेपाल आयल निगमको पत्र

१९ असोज, काठमाडौं । पेट्रोलियम पदार्थ आयात १५ दिनदेखि ठप्प हुँदा ८७ करोड रुपैयाँ घाटा भएको भन्दै नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसन (आइओसी) लाई क्षतिपूर्ति दाबी गरेको छ ।

NOCएनओसी र आइओसीबीच भएको सम्झौता अनुसार नेपालमा तेल नआउँदा भएको घाटा भर्न कडा पत्र लेखेको हो । एनओसी र आइओसीबीच भएको ब्यापारिक सम्झौता (बिटुबी) सम्झौता अनुसार क्षतिपूर्ति भर्न निगमले पत्र लेखेको हो ।

सम्झौतामा एनओसीले माग गरे अनुसार तेल आइओसीले उपलब्ध नगराए क्षतिपूर्ति दाबी गर्न सक्ने छ । सोही सम्झौतामाथि टेकेर निगमले आइओसीलाई क्षतिपूर्ति उपलब्ध गराउन कडा पत्र लेखेको नागरिकमा खबर छ ।

बिटूबी सम्झौतामा दुबै पक्षले आपूर्तिमा कुनै अवरोध नगर्ने उल्लेख छ । तर, आइओसीले सम्झौताको उल्लंघन गरेपछि पत्र लेख्न बाध्य भएको निगमले जनाएको छ । निगमलाई १५ दिनमा झण्डै एक अर्ब नोक्सान भएको छ । ‘त्यो आइओसीको कारणले गर्दा हो,’ स्रोतले भन्यो, ‘राजनीतिक बखेडालाई व्यापारसँग जोड्नु भएन, यो भिन्ना भिन्नै विषय हुन, ।’

यसका कारण उद्योग धन्दा बन्दा हुँदा त अरबौ रुपैयाँ पुग्छ । जस्का कारण सरकारले प्रक्ष्यपण गरेको आर्थिक वृद्धिदरमा समेत असर पर्ने देखिन्छ । विश्व बैंकले आइतबार निकालेको प्रतिवेदनले आर्थिक वृद्धिदर ३ दशमलव ४ प्रतिशतमा खुम्चिने प्रक्ष्येपण गरेको छ । कूल २१ खर्बको अर्थतन्त्रमा अरबौ रुपैयाँ घाटा हुँदा आर्थिक वृद्धिदर सोच भन्दा धेरै तल झर्ने भएको हो । तर, निगमले १५ दिनमा कमाउने नाफा जोडदा मात्रै ८७ करोड रुपैयाँ पुगेको हो । एनओसी वेवसाइटमा गत महिना रोखेको नाफा अनुसार १५ दिनमा सो नोक्सान हुन पुगेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment