करिब १ महिनादेखि सांकृतिक कार्यक्रमका लागि अमेरिकामा रहेका हाँस्य कलाकार जीतु नेपालले लेखेको एक स्टाटसले अहिले सामाजिक संजालमा राम्रो चर्चा पाइरहेको छ ।
देशमा लागेको नाकाबन्दी र त्यसले निम्त्याएको दैनिक समस्याको बिषयमा जीतुले लेखेको स्टाटसले धेरैको मन छोएको छ । उनले फेसबुकमा लेखेका छन्-‘बालुवाटारमा ग्यास सकिएर प्रम कोइराला राती चिउरा खाएर सुत्न वाध्य । बालकोटबाट कमरेड केपी ओली १ घन्टा हिडेर प्रचण्ड निवास लाजिम्पाट पुगे ।’
उनले अगाडि लेखेका छन्-‘गृहमन्त्री साइकल चढेर मन्त्रालय प्रस्थान । संयुक्त राष्ट्र संघको भ्रमणबाट स्वदेश र्फकनु भएका उप प्रधानमन्त्री लगायतको टोली एयरपोर्टबाट हिडेरै निवासमा ।’
उनले यस्तो समाचार सुन्न नपाएसम्म देशमा केही पनि नहुने लेखेका छन् । उनले आफ्नो स्टाटसमा लेखेका छन्-‘माधव, देउवा र थापाले दिनभर लाइनमा बस्दा पनि १ सिलिण्डर ग्यास पनि पाउन सकेनन् । प्रहरीद्धारा स्कटिङ सहित १ सिलिन्डर ग्यास र ५० लिटर पेट्रोल शित्तल निवासमा पुर्याइयो । र उपत्यका बाहिर रहेका डाक्टर भट्टराई दम्पत्ती दाङबाट हिड्दै काठमाण्डौ आउँदै’ लगायतका समाचार नसुनेसम्म देशमा केही नहुने भन्दै व्यङ्ग्य कसेका छन् ।
जनताले जती दु:ख पाएपनि नेताहरुले सुविधा भोगिरहेकाले पनि देशमा देखिएको समस्या समाधान नभएको जीतुको कथन छ ।
प्रतिक्रिया 4