+
+

कानून संशोधन गरेर अपराधी छाड्ने तयारी

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज २१ गते ७:३०

२१ असोज, काठमाडौं । संविधानसभाबाट संविधान जारी भएको अवसरमा सरकारले कानून फेरेरै विभिन्न अपराधमा जेलमा रहेका अपराधी छाड्ने तयारी गरेको छ । अपराधको प्रकृतिअनुसार ज्यानसम्बन्धी मुद्दामा समेत माफी दिन सकिने गरी कानून संशोधनको तयारी गरिएको अन्नपूर्ण पोष्टमा खबर छ ।

सरकारले ठूला परिमाणमा कैदी छाड्ने प्रयोजनका लागि महान्यायाधिवक्ता कार्यालयको रायअनुरुप अपराधमा माफी दिने तयारी गरेको छ । उक्त कार्यालयले कानूनमा केके संशोधन गर्ने भनेर प्रतिवेदन दिन नायव महान्यायाधिवक्ता बद्रीप्रसाद गौतमसहित पाँच सदस्यीय अध्ययन टोलीसमेत गठन गरिएको थियो ।

टोलीको प्रतिवेदनअनुरुप सजायँ, माफी, मुल्तबी, परिवर्तन वा कम गर्न बाधक रहेका नियम कानूनका प्रावधानमा संशोधन गर्न लिखित रुपमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री वामदेव गौतमलाई राय पठाइएको छ । कार्यालय स्रोतका अनुसार असोज १४ गते गृह मन्त्रालयमा राय पठाइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?