Comments Add Comment

मोर्चाका कार्यकर्ताले रोके चिनीका ट्रक

२२ असोज, गौशाला । महोत्तरीको रामनगरस्थित एभरेस्ट चिनी मिलबाट शुक्रबार बिहान काठमाडौँ लैजान लागेको तीन ट्रक चिनी संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले रोकेका छन् ।

विगत ५६ दिनदेखि मधेसमा जारी अनिश्चितकालीन बन्दको बाबजुद चिनी मिलका प्रशासनले चिनी मिलबाट तीन ट्रक चिनी काठमाडौँ पठाउन लागेको थाहा पाएपछि मोर्चाका कार्यकर्ताले चिनी लोड गरेका ट्रकलाई रोकेका हुन् ।

मोर्चामा आबद्ध तराई मधेस लोकतान्त्रिक पार्टीका नेता रामनरेश कुशवाहको नेतृत्वमा गएका मोर्चाका कार्यकर्ताले रामनगर चिनी मिलदेखि पूर्वपश्चिम लोकमार्गलाई जोड्ने जङ्गलको बाटोसम्म दर्जनौँ रुख काटेर बाटो अवरुद्ध गरेका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment