Comments Add Comment

श्राद्ध तिथिमा अनाथ विद्यार्थीलाई छात्रवृत्ति वितरण

२२ असोज, लमही । दाङ देउखुरीको घिमिरे परिवारले श्राद्धमा पितृहरुको सम्झना गर्दै अनाथ बालबालिकालाई छात्रवृत्ति वितरण गरेको छ । स्वर्गीय आमा-बुवाको श्राद्ध तिथिमा घिमिरे परिवारले अनाथ बालबालिकाहरुको शिक्षा-दीक्षाकालागि छात्रवृत्ति प्रदान गरेको हो ।

Ghimire-Brothers
गंगा-सुमित्रा-धनेश्वर अनाथ छात्रवृत्ति कोष स्थापना गरेका घिमिरे दाजुभाइहरू

‘बुवा-आमा हामी सानै हुदा वित्नु भयो, त्यसबेला हामीलाई पढ्न लेख्न निकै समस्या पर्‍यो, हामीले भोगेको समस्या अरुले भोग्नु नपरोस् भनेर बुवा-आमा गुमाएका अनाथ बालबालिकाहरुलाई छात्रवृत्ति प्रदान गरेका हौं,’ देउखुरी महदेवाका पुरुषोत्तम घिमिरेले भने, ‘श्राद्धमा गर्ने खर्च अनाथ बालबालिकाहरुको पढाइमा लगाएका हौं ।’

सरस्वती उच्च मावि विद्यानगर गोवरडिहामा स्थापना गरिएको ५० हजार रुपैयाँ राशिको ‘गंगा-सुमित्रा-धनेश्वर अनाथ छात्रवृत्ति कोष’ बाट ६ जना अनाथ विद्यार्थीहरुलाई एक हजार रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान गरिएको छ ।

सरस्वती उच्च मावि गोवरडिहा कक्षा १० मा अध्ययनरत रोहीत चौधरी, सोही विद्यालयको कक्षा ६ मा अध्ययनरत मालती रोका, सोही कक्षामा अध्ययनरत प्रदीप श्रेष्ठ, नमुना प्रावि महदेवामा कक्षा ५ मा अध्ययनरत कैलाश चौधरी, मावि चैनपुर कक्षा ७ मा अध्ययनरत कुमार योगी र प्रावि सुपैला कक्षा ४ मा अध्ययनरत कवेरी डाँगीलाई छात्रवृत्ति प्रदान गरिएको हो ।

गोवरडिहा गाविस ६ महदेवा निवासी चेतनाथ घिमिरे, शेषमणी घिमिरे, पुरुषोत्तम घिमिरे, अमरराज घिमिरे र शरदकुमार घिमिरेले स्वर्गीय आमा-बुवाको स्मृतिमा २०६५ सालमा अक्षयकोष स्थापना गरेका थिए ।

सोही अक्षयकोषको ब्याजबाट आमा-बुवा श्राद्ध तिथिको दिन अनाथ विद्यार्थीलाई हरेक वर्ष छात्रवृत्ति प्रदान गर्दै आइरहेको चेतनाथ शर्मा घिमिरले बताए । अहिलेसम्म ५० जना अनाथ बालबालिकाहरुलाई यसरी छात्रवृत्ति प्रदान गरिसकिएको पुरुषोत्तम घिमिरेले जानकारी दिए ।

अक्षयकोष स्थापनाको पहलकर्ता चेतनाथ घिमिरेको अध्यक्षता एवम् सरस्वती उच्च मावि विद्यानगर गोवरडिहाका निमित्त प्राचार्य चेतलाल चौधरीको प्रमुख आतिथ्यमा छात्रवृत्ति वितरण कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा नमूना प्रावि महदेवाकी प्रधानाध्यापक माया चौधरी, सरस्वती उच्च मावि गोवरडिहाका शिक्षक सूर्यप्रकाश बर्मा लगाएतको पनि सहभागिता थियो ।
-दशरथ घिमिरेबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment