Comments Add Comment

तीन दल र मधेसी मोर्चाबीच वार्ता हुन सकेन

Three-Party-And-Madhesi-Morcha

२२ असोज, काठमाडौं । तीन दलीय वार्ता टोली र मधेसमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच शुक्रबार वार्ता हुन सकेन ।

बुधबारको वार्तामा शुक्रबार अर्को वार्ता गर्ने सहमति भएको थियो । र, तीन दलीय वार्ता टोलीले सीमांकनबारे मधेसी मोर्चाले राखेको मागबारे धारणा लिएर आउने बताएको थियो ।

तर, शुक्रबार वातार्न नै हुन सकेन । तीन दलीय वार्ता टोलीमा रहेका नेताहरु पार्टीको आन्तरिक बैठकमा सरकार गठनबारे छलफलमा व्यस्त भएपछि वार्ता हुन नसकेको नेताहरु बताउँछन् ।

मधेसी मोर्चाका वार्ता टोली सदस्य लक्ष्मणलाल कर्णले अनलाइनखबरसँग भने-दिउँसो ३ -४ बजे बस्ने भन्ने थियो । तर, भ्याइएन भन्ने खबर आयो । देश प्यारालाइज छ । यस्तो सरकारको खेल खेल्ने हो ?’

आफूहरु दिनरात वार्तामा बसेर निकास दिन तयार भएको तर, सरकार र तीन दल गम्भीर नभएको मोर्चाको आरोप छ ।

यो पनि पढ्नुस्

मधेसी मोर्चाको बटमलाइन : तराईमा दुई प्रदेश, त्यो पनि हाताहाति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment