Comments Add Comment

टर्कीमा तीनदिने शोक, मृतकको संख्या ९५ पुग्यो

Turky-Blast-gettyimages

२४ असोज, काठमाडौं । टर्कीमा शनिबार भएको बम विष्फोटमा ९५ जनाको ज्यान गएपछि सरकारले तीन दिने राष्ट्रिय शोक घोषणा गरेको छ । विष्फोटमा २ सय जना भन्दा धेरै घाइते भएका छन् ।

टर्कीका प्रधानमन्त्री रैचेप तैयप एर्दोआनले बम विष्फोट गराउनेलाई आतंककारीको संज्ञा दिए । उनले तुर्कमेनिस्तानमा हुन लागेको आफ्नो भ्रमण रद्द गरेको जानकारी पनि दिए ।

टर्कीमा हुन लागेको आम चुनावको तीन साता अघि यो विष्फोट भएको हो । यसअघि यसै बर्षको जुन महिनामा पनि टर्कीमा चुनाव भएको थियो तर, स्पष्ट जनादेश नआएपछि फेरि चुनाव गर्न लागिएको हो ।

चुनाव अघि कुर्द अलगाववादी संगठन पीकेके र टर्की सरकारबीच जारी हिंसा अन्त्य गर्न माग गर्दै बामपन्थी दलहरुले मुख्य रेलवे स्टेशनमा र्‍याली आयोजना गर्न लाग्दा बम विष्फोट भएको हो । यो टर्कीमा भएको हालसम्मकै घातक हमला भएको बताइएको छ । कुर्द समर्थक एचडीपीले पनि र्‍यालीमा सहभागीता जनाएको थियो । विष्फोटपछि उसले विज्ञप्ति निकालेर बम हमलामा आफ्ना समर्थकहरुलाई पनि निशाना बनाइएको दाबी गरेको छ ।

यो विष्फोटमा कस्को हात छ भन्ने एकीन भैसकेको छैन । एचडीपीका नेता सेलाहतीन देमीरतासले आक्रमणमा टर्कीका अधिकारीहरुलाई जिम्मेवार ठहर्‍याएका छन् । टर्की सरकारलाई हत्याराको आरोप लगाउँदै उनले भने, ‘उनीहरुको हात रगतले लतपतिएको छ ।’ नेता सेलाहतीनले पूर्वघोषित सबै चुनावी र्‍याली रद्द गरेको जानकारी पनि गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment