Comments Add Comment

आईओसीले आयल निगमलाई भन्यो- तेल लिन आऊ

Indian-Oil

२४ असोज, काठमाडौं । इन्धन आयातका लागि ग्लोबल टेण्डर आहृवान गरेपछि भारतीय आयल कर्पोरशन (आइओसी) का अधिकारीहरुले नेपाल आयल निगमका पदाधिकारीहरुलाई फोन गरेका छन् ।

आईओसीका अधिकारीले समान्य अवस्थाको भन्दा बढी लोड दिने भन्दै ट्यांकर भारत पठाउन भनेका छन् । तर, आयल निगमका अधिकारीहरु भने फेरि झुक्याउन खोजिएको हो कि भन्ने आशंका गर्छन् ।

आईओसीका अधिकारीले अघिल्लो हप्ता पनि तेल दिने भन्दै बोलाएर नेपाली ट्यांकरहरु डीपोमा पुगेपछि १० प्रतिशत मात्रैमा लोड दिएर झुक्याएको थियो ।

आायल निगमका प्रवक्ता दिपक बरालले शनिबार राति आईओसीका अधिकारीले फोनमार्फत ट्यांकर पठाउन आग्रह गरेको जानकारी दिए । ‘गएराति आइओसीको केन्द्रबाटै फोन आएको छ । आज आइतबार भारतमा सार्वजनिक विदा भएकाले ट्यांकर भोलि मात्रै पठाउँछौं’ बरालले अनलाइनखबरसँग भने-‘अघिल्लो साता पनि यस्तै फोनमा विश्वास गररे ट्यकंर पठाएका थियौं । तर, प्रतिवद्धता विपरित तेल दिलन आनाकानी गरेकाले कति ट्यांकर पठाउने भनेर निर्याय गरेका छैनौं ।’

निगमले आइओसीसँग थप प्रतिवद्धता लिएर भोलि सोमबार मात्रै ट्यांकर पठाउने तयारी गरेको छ । ‘भोली भारतमा नर्मल वर्किङ डे हो । त्यहाँ रहेका ट्यांकरलाई दिने लोड दिएको अवस्था हेरेर मात्रै ट्यांकर पठाउँछौं’-प्रवक्ता बरालले भने ।

समान्य अवस्थाको भन्दा बढी लोड दिने भनेर निगमको उच्च अधिकारीले भनेको भन्दै बरालले भने-डिपोमा कस्तो ब्यवहार हुन्छ । हेर्न बाँकी छ ।’

आईओसीको डिपोहरुले माग अनुसार तेल दिए एकसय भन्दा बढी ट्याकर तेल लिन पठाउने निगमको तयारी छ । तर, अघिल्लो हप्ता जस्तै ट्यांकर पुगेपछि बोलि फेरियो भने के गर्ने भन्ने कुरामा आशंका छ ।

आयल निगमले आवश्यक निर्णय गरेर भोलि सोमबार आईओसीको गोन्डा, बेतालपुर, बरौनी र सिलगुढी डिपेमा ट्याकंर पठाउने छ । निगमले वीरगञ्ज नाकामा मधेसी मोर्चाको धर्ना जारी रहेकाले काँकडभिट्टा, बिराटनगर, भैरहवा र नेपालगञ्ज नाकाबाट न्युन मात्रामा तेल भित्राइरहेको छ ।

आईसोसीले लोड नै कम गरेको अवस्थामा भन्सारमा आएका ट्यांकरलाई पनि रोकिँदा नेपालमा तेलको चरम अभाव भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment