+
+

कांग्रेसले गरेका राजनीतिक नियुक्ति उल्टिने

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज २५ गते १२:५४

२५ असोज, काठमाडौं । नेपाली कांग्रेसको सरकारका पालामा भएका राजनीतिक नियुक्तिहरु उल्टिने भएका छन् । सरकारमा कांग्रेसले सहभागिता नजनाएका कारण राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गोविन्द पोखरेलले राजीनामा दिनुपर्ने भएको छ ।

Dr-Govinda-Pokhrel
डा. गोविन्द पोखरेल

स्रोतका अनुसार राष्ट्रिय योजना आयोगमा कांग्रेसका तर्फबाट नियक्ति लिएका उपाध्यक्ष पोखरेलसहित सदस्यहरु यज्ञबहादुर कार्की, डा. भारतेन्दु मिश्र र डा. स्वणिर्म वाग्लेले सामुहिक राजीनामा दिने तयारी गरेका छन् । एमालेबाट आयोगमा नियुक्त डा. प्रेम दंगाल लगायत भने यथावत रहने भएका छन् ।

सरकारको आर्थिक सल्लाहकार मानिने राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा प्रधानमन्त्रीले रोजेको व्यक्ति नियुक्त हुने परम्परा छ ।

त्यस्तै प्रधानमन्त्रीको कानुनी सल्लाहकारको भूमिका रहने महान्यायाधिवक्ताको पदबाट बाबुराम कुँवरले आइतबारै राजीनामा दिइसकेका छन् । उनले प्रधानमन्त्रीमार्फत् राष्ट्रपतिसमक्ष राजीनामा बुझाएका थिए ।

राष्ट्र बैंक र त्रिभुवन विश्वविद्यालयमा भने नियुक्तिहरु यथावत रहने परम्परा छ ।

सरकार परिवर्तनसँगै नेपाल टेलिभिजन, राष्ट्रिय समाचार समिति, रेडियो नेपाल र गोरखापत्रमा भएका राजनीतिक नियुक्तिहरु पनि धरापमा परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?