Comments Add Comment

केरुङ नाका खुलेकै दिन चीनबाट ७ ट्रक खाद्यान्न उपहार

Kerung-Naka

२८ असोज, काठमाडौं । चीन सरकारले विहीबार रसुवास्थित केरुङ नाका खोल्ने निर्णय भएकै दिन नेपाललाई सात ट्रक खाद्यान्न सहायता घोषणा गरेको छ ।

चीन र नेपालको केरुङ नाका आजबाट सुचारु भएको छ । गत बैशाखमा गएको विनाशकारी भूकम्पपछि बन्द भएको यो नाका खुल्ला गरिए पनि कतिपय स्थानमा सडकको स्तरोन्नति गर्न बाँकी छ । यद्यपि सवारी साधनहरु सुचारु हुने स्थिति आएपछि विहीबारबाट औपचारिकरुपमा नाका खोल्ने घोषणा गरिएको हो ।

औपचारिक कार्यक्रम गरेर नाका खोल्ने दिन चीनले सहयोगस्वरुप दिने घोषणा गरेको ७ ट्रक खाद्यान्नको मूल्य करिब १० लाख चिनियाँ रुपैयाँ अर्थात् करीब १ करोड ६० लाख बराबर छ ।

China-Truck
केरुङ नाका खोल्ने औपचारिक कार्यक्रममा सहभागी हुन नेपाल र चीन दुबैतर्फका सरकारी अधिकारीहरु केरुङमा बुधबार बेलुकैदेखि भेला भएका छन् ।

केरुङ नाका खोल्ने कार्यक्रममा सहभागी हुन काठमाडौंबाट बाणिज्य मन्त्रालयका सहसचिव जीवनाथ कोइराला, परराष्ट्र मन्त्रालयका उपसचिव मणि भट्टराई कार्यक्रमस्थलमा पुगेका छन् । कार्यक्रममा गृहमन्त्रालयअन्तरगत अध्यागमन विभागका अधिकारीहरुका साथै काठमाडौंस्थित चिनियाँ दूताबासका डीसीएम चेङ पनि केरुङ पुगेका छन् ।

काठमाडौंबाट केरुङ पुगेको टोलीलाई तिब्बतस्थित चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरुले सीमामा स्वागत गरेका थिए ।

meetiong-at-keelung-naka

Keelung-naka2

तस्वीर सौजन्य किशोर श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment