Comments Add Comment

मधेसी मोर्चाका कार्यकर्ताद्वारा मोटरसाईकलमा आगजनी

८ कात्तिक, वीरगञ्ज । मधेसी मोर्चाका कार्यकर्ताद्वारा आइतबार बिहान एक मोटरसाईकलमा आगजनी गरेका छन् ।

Motercycleमधेसी मोर्चाले अहृवान गरेको बन्दको अवज्ञा गरी पेट्रोलियम पदार्थ ओसारेको भन्दै आन्दोलनकारीहरुले वीरगञ्ज उपमहानगरपालीका वडा नम्बर १७ पिपरा चोकमा ना १३ प १०२ नम्बरको मोटरसाइकलमा आगजनी गरेका हुन ।

आन्दोलनकारीले आगजनी गरेको मोटरसाइकल पुर्णरुपमा जलेर नष्ठ भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

वीरगञ्ज उपमहानगरपालिका वडा नम्बर २ छपकैया निवासी सागिर अन्सारी काम गर्न कारखाना तर्फ जानेक्रममा आन्दोलनकारीहरुले मोटरसाइकलमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक होबेन्द्र बोगटीले जानकारी दिए ।

यसैबीच आन्दोलनकारीहरुले आजै विहान वीरगञ्जको सानो पिपरा भन्ने स्थानमा ना १२ प १२८२ नम्बरको मोटरसाइकलमा समेत तोडफोड गरेको प्रवक्ता बोगटीले बताए ।

आन्दोलनकारीहरुले गरेको तोडफोडबाट मोटरसाइकलमा क्षती भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment