Comments Add Comment

विराटनगरबाट फोरमका जिल्ला अध्यक्षसहित तीनजना पक्राउ

biratnagar-1

  • फाइल तस्वीर

११ कात्तिक, विराटनगर । आन्दोलनरत संयुुक्त मधेसी मोर्चा आबद्ध मोरङका तीन प्रदर्शनकारीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

विराटनगरको धरानरोडस्थित शनिमन्दिर चोकमा सडक अवरुद्ध गरेर धर्नाका साथै कोणसभा गर्न लागेका सङ्घीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष राजकुमार यादव, सोही पार्टीका जिल्ला सदस्य कन्हैयालाल साह र तराई मधेस लोकतान्त्रिक पार्टीका जिल्ला अध्यक्ष मोहम्मद कादिरलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुले नियमविपरीत सडक अवरुद्ध गरेर धर्ना र कोणसभा गर्न लागेकाले प्रहरीले सम्झाउँदासमेत नमानेपछि पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक प्रमोदकुमार खरेलले जानकारी दिए ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको र कारबाहीको सम्बन्धमा जिल्ला सुरक्षा समितिको बैठकले निर्णय गरेपछि आवश्यक कारबाही थालिने उनको भनाइ छ ।

यसैबीच, विराटनगरका सडकमा निर्वाधरुपमा सवारी साधन चलेको छ । यसअघि, मोर्चाका नेता तथा कार्यकर्ताले आंशिकरुपमा खुल्ला रहेको विराटनगर बजार बन्द गराउँदै जाँदा बजार क्षेत्रका केही व्यापारीले विरोध गरेपछि बन्दकर्ता र व्यापारीबीच तनाबको अवस्था सिर्जनासमेत भएको थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment