Comments Add Comment

कविता- एउटा पत्रकारको रिपोर्ट

Bhim-Udasदेशमा नयाँ संविधान आयो
नयाँ युगको सुत्रपात भयो
जनता सार्वभौम भए
भन्छन्- अव देश दौडन्छ
समृध्दि तिर लम्किन्छ ।
७ वर्षको परिश्रम र
अन्दाजी २५ अर्व खर्चेको
विश्वको सवभन्दा महंगो संविधान,
देशभरी खुशीयाली छायो
जनता सडक सडकमा
गाउँदै, नाच्दै दीपावली मनाए,
अफसोच,
यही संविधान कसैको लागि
अधुरो, अपुरो एउटा दस्तावेज मात्र बन्यो ।

देश भित्रको मधेस तात्तियो
अन्त दीप प्रज्वलित हँुदा
त्यहाँ संविधान जल्यो,
सडकमा अन्त मैनवती बल्दै गर्दा
त्यहाँ मान्छेको दागवती जल्यो ।
कसैले भने –
देशलाई दशा लागेको छ
गोरखनाथ थरथरी कामेको छ
दोलखा भीमसेन जंगिएको छ,
यो संविधान नेताले होइन
बैशाख १२ को भूकम्पले उब्जाएको हो ।
शायद, भूकम्पको कारणले
नेताहरुको सुस्त, थकित र ग्रसित
मनस्थिति निक्कै हल्लाए यो रै छ के ?
मधेस अझै तात्तिएकै छ
ठूला शहर ५२ दिन भो-बन्द छ
अब त तराईका सीमानाका पनि बन्द
दुई हप्तादेखि माल सामान ढुवानी बन्द
सडकमा यातायात बन्द
जनताका चुल्हा बन्द
हुँदा हुँदा सरकार पनि बन्द जस्तै भएछ
छिमेकीको अधोषित नाकाबन्दीले ।

यो संगसंगै
कही गलत काम पनि भएछ –
छिमेकीको मित्र राष्ट्रको झण्डा जलाइएछ
एउटा महान नेताको पुत्ला जलाइएछ
ए, नेपाली राष्ट्रवादको पुनजन्म पो भएछ कि ?
यो स्वाभिमानको पराकाष्ठा ?
हामी, २१ औ शताब्दीको प्रजातन्त्रमा छौं
प्रजातन्त्र हिंसामा विश्वास राख्दैन
त्यै पनि,
गौतम बुद्ध जन्मेको देशका हामी
सत्य, शान्ति, न्याय र अहिंसाका पालक हामी
किन आज,
सत्यको राजनीति गदैनौं हामी
किन न्याय र समानता दिन सक्दैनौं हामी ?
रुकुममा एक किसान भन्थे-
माग्नेले चाहे जत्ति माग्नु
दिनेले दिनसक्ने जत्ति दिनु
अचम्म,
माग्नेले आफ्नो भुडी मारेर
छिमेकीको मुया मागी रहेछ
दिनेले यता आफ्नै कित्ता सम्झेर
दिनुपर्ने लुकाई रहेछ ।
छिमेकीका वरिष्ठ नेता भन्छन् –
नाकाबन्दी हामीले गरेका छैनौं
बरु, तिम्रो सीमाना सुरक्षित छैन,
ट्रकको लाईन ५ किमी लामो उताको वोर्डरमा छ
यताको वोर्डर खुल्ला र सुरक्षित छ,
तैपनि-नाकावन्दी भएको छैन रे
बिश्वेश्वर कोइरालाको ‘दोषी चश्मा’ त्यसै लेखन छ क्यारे ।

-भीम उदास

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment