Comments Add Comment

भीम रावलसँगै सीपी र चित्रबहादुर पनि उपप्रधानमन्त्री

Chitra-bhr,-Cp-Mainali-and-Bhim-Rawal

१९ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आफ्नो नेतृत्वको सरकारमा तीन उपप्रधानमन्त्री थपेका छन् ।

ओलीले आफ्नै दल एमाले उपाध्यक्ष भीम रावलसँगै माले महासचिव सीपी मैनाली र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी उपप्रधानमन्त्री नियुक्त गरेका छन् ।

यससँगै केपी ओली सरकारमा उपप्रधानमन्त्री मात्र ६ जना भएका छन् । फोरम लोकतान्त्रिकका विजय गच्छदार, राप्रपा नेपालका कमल थापा र एमाओवादीका टोपबहादुर रायमाझी यसअघि नै उपप्रधानमन्त्री भइसकेका छन् ।

उपप्रधानमन्त्रीहरुले बिहीबार नै सपथ लिएका छन् । नवनियुक्त उपप्रधानमन्त्रीहरु मध्ये रावलले रक्षा, केसीले सहकारी तथा गरिबी निवारण र मैनालीले महिला बालकालिका मन्त्रालय सम्हाल्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment