+
+

केही जिल्ला टुक्राएर सीमांकन मिलाऔं : राणा

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक २५ गते १०:१९

Pashupati-Shamsher-Rana

२५ कात्तिक, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमसेर राणाले पश्चिमको कैलाली र पूर्वका केही जिल्ला टुक्राएर भए पनि प्रदेश सीमांकनको विवाद मिलाउनु पर्ने धारणा राखेका छन् । मधेसको समस्या संवोधन गर्न ढिला गर्न नहुने भन्दै उनले यो नेपाल र भारत दुबैको असफलता भएको दावी गरे ।

रिपोर्टर्स क्लब नेपालको देउसी भैलो टोलीसँगको कुराकानीमा उनले भने, ‘हाम्रो पार्टीले घोषणा पत्रमै मधेसमा दुई प्रदेश हुनुपर्छ भनेकाले अहिले विवादित जिल्ला टुक्राएर भएपनि सीमांकनमा रहेको विवाद मिलाउनु पर्छ ।’

‘अन्ध राष्ट्रवाद चल्दैन’

भारतले गरेको नाकाबन्दी गलत भएको भन्दै उनले भारतसँगको असमझदारी हटाउन कुटनीतिक पहल गर्नुपर्ने धारणा राखे । राणाले भने, ‘हिन्दुस्तानले अनावश्यक रुपमा नेपालमा ब्लकेड गर्‍यो । यो कदापी पनि उचित छैन । तीन तिरबाट भारतले घेरेको भुपरिबेष्ठित रुपमा अन्ध राष्ट्रवाद चल्दैन । सभ्य कुटनीति गर्नुपर्छ ।’

उनले सरकार गठन हुने वित्तिकै हतारमा परराष्ट्रमन्त्रीलाई नयाँदिल्ली पठाउनु परिपक्व कदम नभएको भन्दै सरकारलाई परिपक्व कुटनीति अपनाउन आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?