+
+

राजधानीवासीको नियति : दाउराका किन्न कुपन बोकेर लाइनमा ! (फोटोकथा)

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक २९ गते १२:१७

२९ कात्तिक, काठमाडौं । भारतीय नाकाबन्दीले हरेक क्षेत्रमा अभाव सिर्जना गरेको समयमा इन्धनको अभाव झनै चर्को छ । ग्यास, पेट्रोल, मट्टीतेल लगायत सबै इन्धन किन्न लामो लाइनको नियति भोगेका सर्वसाधारणले अब दाउरा किन्नसमेत लाइन छिचोल्नै पर्ने देखिएको छ ।

इन्धन संकट टार्न सरकारले आइतबारदेखि काठमाडौंमा दाउरा बिक्री सुरु गर्दा टिम्बर कर्पोरशन अफ नेपाल टीसीएनका बालकुमारी र पशुपति डिपोमा सर्वसाधारणको लाम थेगिनसक्नु भएको छ ।

Daaura (12)

सर्वसाधारणको लाइन मिलाउन सुरक्षाकर्मी र डिपोमा खटिएका कर्मचारीलाई हम्मे-हम्मे परेको छ । उनीहरुलाई कुपन बाँड्न, दाउरा छान्न, जोख्न र रकम बुझ्न भ्याई नभ्याई देखियो ।

बिहान ९ बजेदेखि वितरण थालिएको बालकुमारी डिपोमा ११ नबज्दै ५ सय कुपन वितरण भइसकेको थियो । दाउरा किनेका सर्वसाधारणहरु भान्सामा चुल्हो बल्ने भन्दै मख्ख देखिए । लाइनमा बसेका कतिपय ग्यास र मट्टतिेलको विकल्प दाउरा हुने भन्दै खुसी व्यक्त गर्दै थिए ।

Daaura (14)

इमाडोलबाट दाउरा किन्न बालकुमारी डिपो आएकी सुनिता घर्तीले भनिन्-‘ग्यासको लाइनमा बसियो, पाइएन । मट्टीतेल लिन जाँदा पनि रित्तै फर्किनुपर्‍यो । आज त दाउरा लिएर जाने हो ।’

उनीजस्तै सयौं सर्वसाधरण लाइनमा दाउरा किन्ने कुपन लिन खडा भएका थिए । तर, दाउराका ठूला मुढालाई कसरी घरसम्म पुर्‍याउने भन्नेमा अधिकांश सर्वसाधारण चिन्तित देखिए ।

Wood (16)बालकुमारीका साजन पौडेलले असन्तुष्टि पोख्र्दै भने-‘यति ठूला मुढाहरु छन् । न बोकेर लैजान सकिन्छ, न भनेको बेला ठेला पाइन्छ । सरकारले दाउरा चिरेरै बेचेको भए सर्वसाधारणलाई सजिलो हुन्थ्यो ।’ सर्वसाधारणले १५ रुपैयाँ किलोको दरले बढीमा एक सय किलोसम्म दाउरा किनिरहेका छन् ।

संघसंस्थाहरुका लागि बढीमा ५ सय किलो दाउरा प्रतिकिलो १७ रुपैयाँका दर बिक्री भइहरेको छ । तराई र चुरे क्षेत्रमा घाटगद्दी गरिएका दाउरा वन मन्त्रालयले बिक्रीका लागि काठमाडौं ल्याएको छ । बाराको पथलैया, पचाहा लगायतका स्थानबाट १० ट्रक दाउरा बिक्रीका लागि काठमाडौं ल्याइएको छ ।

थप तस्वीर हेर्नुस्

Daaura (3)

wood saling at KtmDaaura (13)Daaura (6) Daaura (7) Daaura (8)Daaura (15) Daaura (16) Daaura (17)

Wood (18)

Wood (5) Wood (6)Wood (8) Wood (9) Wood (10) Wood (11) Wood (12) Wood (14)Wood (17)

Wood (15)

तस्वीर : श्रीधर पौडेल र कविन अधिकारी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?