Comments Add Comment

नाकाबन्दी बिरुद्ध बोल्न भारतीय चलचित्रकर्मीलाई आग्रह गरिने

Bhairahawa-nakaकाठमाडौं । भारत सरकारले गरेको अघोषित नाकाबन्दीका बिरुद्ध भारतीय चलचित्रकर्मीलाई पनि बोल्न लगाइने भएको छ । चलचित्रकर्मी राष्ट्रिय जागरण अभियानले उक्त योजना बनाएको हो ।

नाकाबन्दीले खाद्यान्न लगायत औषधिको चरम अभाव भएको भन्दै अभियानले सरकारलाई कुटनितीक पहल गर्न आग्रह समेत गरेको छ ।

मुलुक जटिल अवस्थामा रहेको बेला चलचित्रकर्मी मुक दर्शक बनेर बस्न नहुने भन्दै जागरण अभियान सुरु गरिएको कलाकार हरिहर शर्माको भनाई छ । अभियानको संयोजक शर्मा रहेका छन् भने सदस्य सचिब केपी पाठक रहेका छन् ।

अभियानले काठमाडौंमा बृहत कार्यक्रम गर्दै सरकार र आन्दोलनरत पक्षलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको छ । त्यस्तै नेपालका लागि भारतीय राजदुतलाई भेटी मानविय संकट अन्त्य गर्न आग्रहपत्र बुझाउने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment