Comments Add Comment

पक्राउ परेका नेता रिहाई गर्न विप्लव समूहको माग 

Photo Credit : पक्राउ परेका कोशी ब्यूरो संयोजक घनश्याम श्रेष्ठ ।

१२ चैत, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाले पक्राउ परेका नेतालाई रिहाई गर्न माग गरेको छ ।

पूर्वी कमाण्ड इन्चार्ज अनिल शर्मा विरहीले विज्ञप्ति प्रकाशित गरी शनिबार पक्राउ परेका कोशी ब्यूरो संयोजक घनश्याम श्रेष्ठ र सदस्य माधव गौतमलाई विनासर्त रिहाई गर्न माग गरेको हुन् ।

अपहरणको शैलीमा गिरफ्तार गरिएको भन्दै विज्ञप्तिमा रिहाई नगरे कडा कदम चाल्ने चेतावनी समेत दिइएको छ ।

मध्यकमाण्ड इन्चार्ज हेमन्तप्रकाश वली सुदर्शनसहितका नेता र कार्यकर्ता पक्राउबारेमा भने विप्लव समूहले कुनै औपचारिक प्रतिक्रिया जनाएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment