+
+

सुशिल जश्मिनलाई भन्दैछन्-‘उ बिनाको म’

अनलाइनखबर अनलाइनखबर
२०७२ मंसिर २ गते १०:३९

sushil-and-jasmin
कुनै समयका चर्चित नायक सुशिल क्षेत्री अहिले फाट्टफुट्ट नेपाली चलचित्रमा काम गरिरहेका छन् । विशेषगरि, निर्देशक ऋषि न्यौपानेका चलचित्रमा उनलाई धेरै देखिन्छ । उनै सुशिलले काम गरेको चलचित्र ‘बिच बाटो’ पौष १७ गतेबाट प्रदर्शनमा आउँदैछ ।

न्यू भेनस फिल्मस् प्रालीको प्रस्तुती रहेको यो चलचित्रलाई राजेश शाहीले निर्माण गरेका हुन् । राजेशले यसअघि ‘कवच र मेरो मनको साथी’ निर्माण गरेका थिए । चलचित्रमा नायक सुशिल क्षेत्री र नायिका जस्मिन श्रेष्ठले आधुनिक शैलीको प्रेम गरेका छन् ।

चलचित्रको सार्वजनिक नयाँ गीत ‘ उ बिनाको म’मा प्रदिप भारद्धाजको शब्द, विकास चौधरीको संगीत, डेबिड शंकर र जुनु रिजालको स्वर छ । रवि कोइरालाको छायांकन, किरण अधिकारीको सम्पादन रहेको यो चलचित्रको ‘पप्पी देउन’ बोलको गीतले अहिले मिडियामा राम्रै स्थान पाइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?