Comments Add Comment

पेरिसमा ९ घन्टा लामो ‘प्रहरी अपरेशन’ सकियो, दुईको मृत्यु

Paris-denis-police-raid

२ मंसिर, काठमाडौं । पेरिस आक्रमणमा संलग्न संदिग्धहरुलाई निशाना बनाउँदै प्रहरीले बुधबार उत्तरी इलाका सेन्ट डेनिसको एक फ्लाटमा छापा मारेको छ ।

निकै ठूलो मानिएको यो पुलिस अपरेशन झण्डै ९ घन्टासम्म चलेको थियो भने यस क्रममा निकै विस्फोट र गोलाबारी समेत भयो । यो अपरेशनमा दुई जनाको मृत्यु भएको छ, जसमध्ये एक महिलाले आफैंलाई विस्फोट गराएकी थिइन् ।

प्रहरी अपरेशनमा तेस्रो व्यक्ति पनि मारिएको बताइएको थियो । तर, त्यसको पुष्टि हुन सकेन । समाचार एजेन्सी एपीका अनुसार प्रहरीले पाँच जनालाई गिरफ्तार गरेको छ । 

Paris-denis-police-raid-2

पेरिस प्रहरी प्रमुखको कार्यालय जारी सूचना अनुसार प्रहरी अपरेशनका क्रममा एक संदिग्ध महिलाले आफैंलाई आत्मघाती वेल्टमा विस्फोट गराएकी छन् । फ्रान्सको बीएफएम टीभीका अनुसार उक्त महिला पेरिस आक्रमणका योजनाकार मानिएका अब्दुलहमीन अबाउदका आफन्त थिइन् ।

यो अपरेशनका क्रममा चार प्रहरी घाइते भएका छन् । गोली लागेर एक प्रहरी कुकुर मारिएको छ ।

शुक्रबार पेरिसमा आत्मघाती विस्फोट र अन्धाधुन्द गोली प्रहारमा परी १२९ जनाको मृत्यु भएको थियो ।

यो घटनाका योजनाकार मानिएका अबाउद र फरार आक्रमणकारी सालाह अब्देसलामलाई निशाना बनाएर प्रहरीले बुधबार विहानबाटै अपरेशन सुरु गरेको थियो । प्रहरीको आशंका थियो कि उनीहरु त्यो फ्लाटमा थियो ।

Paris-denis-police-raid-1

प्रहरी अपरेशन सुरु भएपछि मानिसहरुलाई घर बाहिर ननिस्कन आग्रह गरिएको थियो भने स्कुल र कलेजहरु समेत बन्द गरिएको थियो ।
फ्रान्सको नेशनल स्टेडियम पनि त्यही क्षेत्रमा छ, जहाँ शुक्रबार फ्रान्स र जर्मनीबीच खेल भइरहेको बेला बाहिर दुई आत्मघाती विस्फोट भएको थियो ।

शुक्रबार भएको पेरिस आक्रमणको चरमपन्थी संगठन इस्लामिक स्टेट -आइएस)ले जिम्मा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment